Comments Add Comment

टी २० विश्वकप एक वर्ष पछि सर्‍यो

५ साउन, काठमाडौं । यसै वर्ष अष्ट्रेलियामा हुने तय भएकाे टी-२० विश्वकप क्रिकेट स्थगित भएकाे छ । आउँदो अक्टोबर-नोभेम्बरमा हुने भनिएको प्रतियोगिता एक वर्षपछि अर्थात २०२१ मा मात्र हुनेछ ।

विश्वभर फैलिएकाे काेराेना महामारीले विश्व क्रिकेट प्रभावित बनेकाे बेला टी- २० विश्वकप पनि एक वर्ष पछि सारिएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को सोमबार बसेको कार्यसमिति बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो ।  आईसीसीले विज्ञप्ति जारी गर्दै टी-२० विश्वकप अब सन् २०२१ को अक्टोबर नोभेम्बरमा आयोजना गर्ने जनाएकाे छ ।

भारतमा हुने भनिएको २०२२ को टि-२० विश्वकपमा पनि अक्टोबर- नोभेम्बरमा हुनेछ । भारतले नै आयोजना गर्ने २०२३ को एक दिवसीय विश्वकप पनि ताेकिएकाे मितिमा हुने आइसीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment