+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

वाग्मती नदीमा फसेका दुईजनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १३:१०
फाइल तस्वीर

६ साउन, जनकपुरधाम । सर्लाहीको वाग्मती नदीको बाढीमा फसेका दुई जनाको सकुलश उद्धार गरिएको छ ।

बागमती नगरपालिका-१२ स्थित वाग्मती नदीको बाढीमा फसेका दुई जनालाई प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नदीमा दाउरा झिक्न गएका स्थानीय २४ वर्षीय डेटमान गोले र १६ वर्षीय निरज तितुङ्ग खोलाको बीच भागमा फसेपछि उनीहरुको उद्धार गरिएको प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

बाढीमा दुई जना युवक फसेको सूचना पाएपछि प्रहरी नायव निरीक्षक मोहनमणी कटुवालको नेतृत्वमा खटिएको ८ जना प्रहरीको टोलीले दुवै जनालाई सकुशल उद्धार गरेको कुँवरले बताए । उनका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

लगातारको वर्षाले वाग्मतीसहित प्रदेश २ का नदी र खोलाको सतह बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?