Comments Add Comment

रौतहटमा बाढीले बगाउँदा एकजना बेपता

६ साउन, रौतहट । रौतहटमा चाँदी नदीमा आएको बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चन्द्रपुर नगरपालिका–३ का ५८ वर्षीय सुकमान थिङ रहेका छन् ।

गैंडाटार अस्थायी प्रहरी पोष्ट नजिकै रहेको चाँदी नदीको बाँध रहेको स्थानबाट उनी मंगलबार बिहान बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा उनी आफैं बाँधमा हाम फालेको खुलेको छ । पौडी खेल्ने क्रममा बाँधमा हाम्फाल्दा उनलाई बगाएको हुन सक्छ,’ इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले भने, ‘स्थानीय र प्रहरीको सहयोगमा उनको खोजी कार्य जारी छ ।’

चाँदी नदीको पानीलाई सिँचाइको लागि प्रयोग गर्न सो बाँधको प्रयोग स्थानीयले गर्ने गरेका छन् । अविरल वर्षाका कारण सो क्षेत्रमा पानीको बहाव तीब्र रहेको शाहीले बताए ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोलिले खोजी कार्य गरिरहेको उनले बताए ।

लगातारको वर्षाको कारण रौतहटको वाग्मती, लालबकैया, चाँदी तथा झाझ नदीमा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि रौतहटका केही पालिकाका बस्तीहरु डुबानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment