+
+
Shares

स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १८:२२

६ साउन, रौतहट । रौतहटबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । इशनाथ नगरपालिका-४ मठियाबाट सोही ठाउँ बस्ने १९ वर्षीय पवनकुमार सिन्हा पक्राउ परेका हुन् ।

मठिया महुलियाबाट स्रोत नखुलेको उक्त रकमसहित उनलाई नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ ।

साइकलमा झोला झुण्डाएर आउँदै गरेका सिन्हालाई चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद भएको र बरामद रकमबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?