Comments Add Comment

आईपीएल यसै वर्ष युएईमा हुने

६ साउन, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिता यसै वर्ष हुने र लिगका खेलहरु युएईमा हुने भएको छ । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष  वृजेश पटेलले १३औं संस्करणको आईपीएल युएईमा हुने बताएको ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ ।

पटेलले बोर्डको अर्को मिटिङ बसेपछि यसबारे आधिकारिक निर्णय गरिने जनाएका छन् । उनले प्रतियोगिताको मिति भने सार्वजनिक गरेनन् । तर पछिल्लो समय सार्वजनिक रिपोर्ट अनुसार बीसीसीआईले सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म आईपीएल गर्ने तयारी गरेको पनि क्रिकइन्फोले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस वर्ष अष्ट्रेलियामा हुने तय भएको टी-२० विश्वकप एक वर्ष सारेपछि आईपीएल गराउने तयारी थालिएको हो ।

पटेलले आईपीएलका लागि दुबई, अबुधाबी र शारजहाँ मुख्य भेन्यू हुने बताएका छन् ।

यसअघि सन् २०१४ को सिजन पनि भारतमा निर्वाचनको कारण आईपीएल युएईमा आयोजना गरिएको थियो ।

यसअघि आईपीएल मार्च २९ बाट हुने तालिका रहे पनि कोरोना महामारीका कारण १५ दिन पछि अर्थात अप्रिल १५ सम्मलाई सारिएको थियो । तर भारतमा कोरोना महामारीले गर्दा लकडाउन थपिएपछि आईपीएल अनिश्चित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment