
७ साउन, जनकपुरधाम । सर्लाहीमा गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिवन नगरपालिका-२ बस्ने ३४ वर्षीय बिरु लामा र १८ वर्षीय गणेश काफ्ले रहेका छन् ।
पैदल हिंडिरहेको अवस्थामा लालबन्दी नगरपालिका-१ लखनदेही खोला छेउबाट दुवै जनालाई मंगलबार राति ७ किलो गाँजासहित नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले चेकजाँचका क्रममा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4