+
+
Shares

शुक्लाफाँटा नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ८ गते ९:११

८ साउन, कैलाली । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

प्रज्ज्वलनशील पदार्थ छर्किएर बुधवार राति अज्ञात समूहले आगजनी गरेको नगरपालिकाले जनाएको छ ।

झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको वडा सचिव महेश भट्टले बताए । आगजनीबाट कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको उनले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए । क्षतिको विवरण संकलनका साथै प्रारम्भिक अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरले पनि आवश्यक छानबिन भइरहेको बताएको छ ।

यसअघि ५ साउनमा कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?