Comments Add Comment

दीपेन्द्र भन्छन्–‘दर्शकले हल मिस गरिरहेका छन्’

कोरोना भाइरसका कारण चौपट बनेको नेपाली चलचित्रको बजार अब के हुने हो भन्ने अन्यौलता सबैतिर छ । चलचित्र हेर्ने संकार हराउने हो कि, दर्शक हलसम्म नपुग्ने हुन् कि भन्ने भय चलचित्रकर्मीमा पनि छ ।
तर, चलचित्र निर्देशक दीपेन्द्र के खनाल भने कोरोनाको भय सकिएपछि मानिसहरु हलमा फर्किने बताउँछन् । खनालले भने–‘भ्याक्सिन विश्वभर पुगेपछि, जब कोरोनाको महामारी सकिन्छ त्यसपछि फेरि दर्शक हलसम्म पुग्छन् । अहिले विश्वभरका दर्शकले हल मिस गरिरहेका छन् ।’

खनालका अनुसार, अब चलचित्रकर्मीले भने राम्रो चलचित्र बनाउन आवश्यक छ । उनले भने–‘दर्शकले लकडाउनको समयमा विश्वभरका चलचित्र हेरेका छन् । चलचित्र हेर्ने बानीको विकास भएको छ । यसैले, कोरोना महामारी सकिएपछि हलमा दर्शकको भीड लाग्नेछ । तर, हामीले पनि स्तरिय चलचित्र भने दिन सक्नुपर्छ ।’

दीपेन्द्रले डिजिटल प्रविधिको विकास भएपनि हलमा गएर चलचित्र हेर्ने संकृती भने कहिले पनि नमर्ने बताए । भने–‘अध्यारो कोठाभित्र, ठूलो पर्दामा चलचित्र हेरे जस्तो रमाइलो अरुमा हुँदैन । यसैले पनि हलको संकृती मर्दैन ।’

निर्देशक खनाल अहिले नयाँ चलचित्रको स्क्रिप्टमा व्यस्त छन् । कोरोनाको महामारी सकिएपछि छायांकनमा जाने तयारीमा रहेका खनालले दर्शकलाई स्तरिय चलचित्र पस्कन आफू गम्भिर भएर लागेको बताए । निर्मात्री शर्मिला पाण्डेसँग मिलेर उनले नयाँ चलचित्र बनाउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment