+
+
Shares

भेरी अस्पतालका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ८ गते १८:३४

८ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रुपैयाँसहित अस्पतालबाट नियन्त्रणमा लिएको शाखा अधिकृत मिनराज थापाले बताए । थापाका अनुसार खनालको कार्यकक्षमा रहेको दराजबाट उक्त रकम बरामद भएको हो ।

विभिन्न फर्म तथा पसलेहरुबाट लिएको कमिसन तथा चेक रकम खनालले आफ्नै कार्यकक्षमा राखेको भन्ने सूचनाको आधारमा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?