+
+
Shares

सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १४:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध ७२ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक ढलान योजनाको भुक्तानी दिने बहानामा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा यादवलाई नियन्त्रणमा लिएको थियो ।

५ असार, काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादव विरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो ।

सडक ढलान योजनाको कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाएर घुस मागेको भन्ने सूचनाको आधारमा खटिएको आयोगको टोलीले यादवलाई उक्त रकम घुससहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा यादवले सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?