Comments Add Comment

अनियमित महिनावारीको भय

अनियमित महिनावारीकै कारण महिलाहरुमा बाझोपना, ओभरीयन सिष्ट लगायतका गम्भीर समस्या देखिने गर्छ ।

अनियमित महिनावारीका कारण धेरैलाई दुई महिवारीको बीचको समयमा रक्तश्राव हुने समस्या हुन्छ । आकस्मिक रुपमा प्रयोग गरिने गर्भनिरोधक चक्कीको प्रयोगले पनि यो समस्या हुन्छ । त्यसबाहेक, अण्डकोषमा सिस्ट भएमा वा  गर्भाशयमा क्यान्सर भएमा पनि यो समस्या निम्तने गर्छ ।

कम रक्तश्राव

धेरै रक्तश्राव भईरहने महिलालाई कम रक्तश्राव हुँदा खुशी लाग्नु स्वभाविकै हो । जबकी कम रत्तश्राव हुनु वा नहुनु आफैमा समस्या हो । त्यसैले, महिनावारीको क्रममा कम रत्तश्राव भएमा चिकित्सकसित सल्लाह लिनु पर्दछ । किनकी शरीरमा आवश्यक पोषकतत्वको कमी भएमा वा रगतको मात्रा कम भएमा पनि कम रक्तश्रा हुन्छ ।

रगतको थक्का बन्नु

महिनावारीको समयमा रगतको थक्का निस्कनु सामान्य कुरा हो । तर महिनावारीको समयमा धेरै भन्दा धेरै रगतको थक्का बन्न भनेको चिन्ताको विषय हो । किनकी पाठेघरमा फाइब्राइड (क्यान्सर रहित मासुको डल्लो)  वा ट्युमर भएमा पनि रगतको थक्का बन्ने गर्छ । त्यसैले, सामान्य भन्दा बढी रगतको थक्का बनेको शंका लागेमा समयमै चेकजाच गरेर पनि गर्भासयमा हुनसक्ने विभिन्न समयस्याबाट जोगिन सकिन्छ ।

विभिन्न समस्याका कारणले पेट दुख्नसक्छ

सामान्यतया महिनावारी भएको एक, दुई दिन पेट बेस्सरी दुख्ने गर्छ । तर यस्तो दुखाई महिनावारी सकिएसँगै क्रमश कम हुँदै जान्छ । यसका साथै बेस्सरी पेट दुखेमा भने तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्छ । अन्यथा फ्राइबोइड्स वा इन्डोमेट्रियोसिस का कारण पनि पेट बेस्सरी दुख्न सक्छ । इन्डोमेट्रियोसिस यस्तो रोग हो, जसमा गर्भासयको बाहिरी परतको कोषिका असामान्य तरीकाले बढ्न थाल्छ । र, विस्तारै सिस्ट वा घाउको रुपमा विकास भई पेटमा पिडा हुन थाल्छ । सामान्यतया, फाइब्रासिस भएमा पेट भारी भएको महसुस हुन्छ र बारम्बार बाथरुम जान मन लाग्छ ।

सरसफाईमा ध्यान दिने

महिलाहरुले आफ्नो प्राइभेट पार्टको सरसफाईमा ध्यान दिन जरुरी छ । अझ महिनावारीको समयमा सरसफाईमा अझै बढी ध्यान दिन आवश्यक छ । महिनावारीको समयमा सरसफाईमा ध्यान दिदा त्यसले शरीरलाई स्वस्थ राख्न त मद्दत गर्छ नै, पिसाब नलीको संक्रमण (युटीआई) लगायतका अन्य संक्रमणबाट बचाउन समेत मद्दत गर्छ ।

पीएमएस

धेरै जसो महिलालाई महिनावारीको समयमा मु्ड स्वीङ्ग हुने, टाउको दुख्ने, ढाड दुख्ने, डिप्रेसन हुने लगायतको समस्या हुने गर्दछ । यस्ता समस्यालाई प्रि–मेन्सुअ्रल सिन्ड्रोम (पिएमएस) पनि भन्ने गरिन्छ । स्वस्थ जीवनशैली अपनाएर, स्वस्थ खानपान अपनाएर तथा  नियमित रुपमा व्यायाम गरेर पनि पिएमएसलाई कम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment