+

छोरीको पहिलो महिनावारी सहज बनाउने तरिका

२०८२ जेठ  १८ गते १९:४१ २०८२ जेठ १८ गते १९:४१
छोरीको पहिलो महिनावारी सहज बनाउने तरिका

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आमाले आफ्नी छोरीलाई पहिलो महिनावारीको तयारी र जानकारी सरल भाषामा दिनु आवश्यक छ।
  • छोरीको शारीरिक विकास, सन्तुलित आहार र सरसफाइमा ध्यान दिनु महत्त्वपूर्ण छ।
  • आमाले कुराकानी र सहयोगबाट छोरीको महिनावारीको अनुभवलाई सहज र सकारात्मक बनाउन सक्छ।

छोरीको पहिलो महिनावारीको समय भ्रम र चिन्ताले भरिएको हुन सक्छ । तर, अभिभावकको सही जानकारी र तयारीले यो अनुभवलाई सहज र सकारात्मक बनाउन सकिन्छ । केही विशेष सुझाव दिएर आमाले आफ्नी छोरीलाई पहिलो महिनावारीका लागि तयार गर्न सक्छन् ।

प्रथम महिनावारीको समयमा हरेक किशोरीले केही न केही समस्याको सामना गर्नुपर्छ । कसैका लागि यो समय निकै कष्टकर हुन्छ भने कसैका लागि सामान्य । पहिले यो विषयमा खुलेर कुरा खासै हुँदैन थियो, तर आजभोलि आमाले आफ्नी छोरीलाई उनको पहिलो महिनावारीका लागि राम्रोसँग तयार गर्न सक्छिन्, ताकि उनले अनावश्यक समस्याहरूको सामना गर्न नपरोस् ।

धेरै परिवारहरूमा छोरीको पहिलो महिनावारीलाई उनको यौवन अवस्थाको सुरुवातको रूपमा मानिन्छ र यो अवसरलाई राम्रोसँग उत्सवको रूपमा मनाइन्छ ।

साथै, यो कुरा पनि ध्यान दिनुपर्छ कि, आजकाल छोरीहरूको महिनावारी १०–१२ वर्षको उमेरमा सुरु हुन्छ, जब कि औसत उमेर ११–१४ वर्षको बीचमा मानिन्छ । तर, बदलिँदो खानपान र जीवनशैलीका कारण महिनावारी समयभन्दा पहिले नै सुरु हुने गरेको छ ।

चिकित्सकीय भाषामा यो अवस्थालाई मिनार्की भनिन्छ । यस्तो अवस्थामा आमाले आफ्नी छोरीको पहिलो महिनावारीको तयारीका लागि केही कुराहरूमा ध्यान दिनुपर्छ ।

महिनावारीको बारेमा साधारण भाषामा बुझाउने

छोरी यौवन अवस्थामा पुग्दा आमाको चिन्ता बढ्नु स्वाभाविक हो, र यसको समाधान कुराकानीबाटै सम्भव छ । महिनावारीको विषयमा साधारण र सरल भाषामा बुझाउँदा यो विषय राम्रोसँग बुझ्न सकिन्छ । शरीरमा पाठेघर भन्ने अङ्ग हुन्छ, जसबाट हरेक महिना केही दिनका लागि रगत बग्छ ।

यो एक प्राकृतिक प्रक्रिया हो, जो हरेक छोरीको यौवन अवस्थामा हुन्छ भन्ने कुरा छोरीलाई भन्नुपर्छ । यो शारीरिक विकाससँग सम्बन्धित छ, त्यसैले यसबारे चिन्ता वा डर मान्नु पर्दैन भनेर सिकाउनुपर्छ ।

सन्तुलित आहार र शारीरिक गतिविधिको आवश्यकता

पोषणको कुरा गर्दा, अभिभावकले यो समयमा छोरीको तौल अनावश्यक रूपमा बढ्न दिनुहुँदैन । आमाबुबाको अत्याधिक माया र उसलाई जे मनपर्छ त्यस्ता खानेकुरा खान दिने चाहनाले कहिलेकाहीँ छोरीको अस्वस्थ जंक फुड खाने बानीलाई प्रोत्साहन गर्नसक्छ ।

यसले समयभन्दा पहिले महिनावारी सुरु हुने सम्भावना बढ्छ । यस्तोमा, छोरीको पढाइसँगै सन्तुलित आहार र शारीरिक गतिविधिमा सहभागी हुनु निकै महत्त्वपूर्ण हुन्छ ।

यौवन अवस्थामा पुग्दा छोरीलाई सन्तुलित आहार दिनु अनिवार्य छ । शरीरमा भिटामिन डीको कमीले महिनावारीको समयमा हुने दुखाइ ‘क्र्याम्प्स’ को समस्या बढ्न सक्छ, भने आइरनको कमीले रक्त अल्पताको समस्या हुन सक्छ ।

सरसफाइ र महिनावारी उत्पादनको जानकारी

छोरीलाई पहिलो महिनावारीको बारेमा जानकारी दिँदा स्यानिटरी प्याड र महिनावारीको समयमा सरसफाइको बारेमा बताउनुपर्छ । यदि यो कुरा बुझाउन शिक्षक वा साथीहरूको सहयोग चाहिन्छ भने सहयोग लिन हिचकिचाउनु हुँदैन ।

छोरीले समय–समयमा पानी पिइरहेको छ कि छैन ? भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । जसले गर्दा धेरै रक्तस्रावको समयमा थकान नहोस् ।  दुखाइ कम गर्ने औषधिहरू पनि घरमा राख्नुपर्छ । यद्यपि, सबैलाई यस्तो औषधिको आवश्यकता पर्दैन, तर धेरै दुखाइ भएमा स्त्री रोग विशेषज्ञको सल्लाह लिएर मात्र पेनकिलर दिनुपर्छ ।

यौनाङ्गको वरिपरि सरसफाइ राख्ने बारेमा पनि उसलाई सिकाउनुपर्छ । साथै, प्याड, महिनावारी कप, ट्याम्पोनको प्रयोग कसरी गर्ने भनेर पनि सिकाउनुपर्छ । पिसाब गरेपछि यौनाङ्ग वरिपरि सफा गर्ने बारेमा पनि जानकारी दिनुपर्छ ।  यदि आमाले यी कुराहरू बुझाउन हिचकिचाहट महसुस हुन्छ भने, स्त्री रोग विशेषज्ञसँगको सहयोगमा कुराकानी गरेर महिनावारीको यात्रा सुरु गर्नु राम्रो हुन्छ ।

आमाले ध्यान दिनुपर्ने अन्य कुरा

आमाले नै आफ्नी छोरीलाई महिनावारीसँग सम्बन्धित हरेक जानकारी दिन, उनको खानपानमा ध्यान दिन र उनको हरेक सानो–ठुलो प्रश्नको जवाफ दिन महत्त्वपूर्ण भूमिका खेल्छिन् । किनकि, आमा नै छोरीको पहिलो शिक्षिका हुन् ।  यो समयमा आमाको साथ र समझदारीले छोरीलाई पहिलो महिनावारीको समयमा हुने असहजताबाट बचाउन सक्छ ।

महिनावारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

छोरीको पहिलो महिनावारी सहज बनाउने तरिका

छोरीको पहिलो महिनावारी सहज बनाउने तरिका

उच्च रक्तचाप भएका व्यक्तिले बिहानदेखि बेलुकासम्म के-के खाने ?

उच्च रक्तचाप भएका व्यक्तिले बिहानदेखि बेलुकासम्म के-के खाने ?

पेट मात्रै होइन शरीरका अन्य अंगमा पनि असर गर्छ झाडापखालाले

पेट मात्रै होइन शरीरका अन्य अंगमा पनि असर गर्छ झाडापखालाले

सुर्तीजन्य पदार्थ छाड्न खोज्नेका लागि देशभर सहायता केन्द्र आवश्यक छ

सुर्तीजन्य पदार्थ छाड्न खोज्नेका लागि देशभर सहायता केन्द्र आवश्यक छ

चुरोटलाई नेपालबाट ‘फेज आउट’ नै गर्नुपर्छ

चुरोटलाई नेपालबाट ‘फेज आउट’ नै गर्नुपर्छ

१०० वर्षअघि नेपालमा औलोले कसरी आतंकित बनाएको थियो  ?

१०० वर्षअघि नेपालमा औलोले कसरी आतंकित बनाएको थियो ?