+
+
Shares

दैलेखकी महिला सुर्खेतमा मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ९ गते १३:३४

९ साउन, सुर्खेत । दैलेखको नारायण नगरपालिकाकी एक महिला सुर्खेतको जंगलमा मृत अवस्थामा फेला परेकी छिन् । वीरेन्द्रनगर नगरपालिका-१२ स्थित नेवारेको जंगलमा शुक्रबार बिहान महिलाको शव भेटिएको हो ।

शव नारायण नगरपालिका–१ दैलेख घर भई हाल वीरेन्द्रनगरको इत्राममा डेरा गरी बस्ने २९ वर्षकी कल्पना केसी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

‘घटनाबारे अनुसन्धान भइरहेको छ, ती महिलाको आफन्त सम्पर्कमा आएका छन्’ डीएसपी घर्तीले भने ‘घटनाबारे थप जानकारी पछि दिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?