Comments Add Comment

गजेन्द्रनारायण सिंह अस्पतालका १४ कर्मचारी क्वारेन्टिनमा

अस्पतालको सेवा शनिबार विहानबाट सुरु

१० साउन, सप्तरी । अस्पतालमा भर्ना भएका एकजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका १४ जना कर्मचारीहरुलाई क्वारेन्टिनमा राखिएको छ । बिरामीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार दिउँसोदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष भने शनिबार विहानदेखि सुरु भएको छ ।

विष खाएर उपचारका लागि ल्याइएका तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरुषमा शुक्रबार संक्रमण पुष्टि भएको थियो । आकस्मिक कक्षमा उपचार भइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्षमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीसहित १४ जनालाई क्वारेन्टिनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताए ।

डा.  झाका अनुसार उनीहरु सबैलाई राजविराजस्थित एक होटेलको क्वारेन्टिनमा राखिएको छ । शुक्रबार बिहानैदेखि ड्युटीमा खटिएका उनीहरुले राति क्वारेन्टिन गर्दा आफूहरुलाई खानासमेत नदिइएको गुनासो गरेका छन् ।

राजविराज–६ निवासी ७२ वर्षीय वृद्धको मृत्यु भएपछि उनको पसलमा काम गर्ने दुई जना कामदार पनि संक्रमित भएको पुष्टि भएको थियो । संक्रमित एकजना कामदारकी पत्नी पनि संक्रमित भइन् ।

उनी गजेन्द्रनारायण सिंह अस्पतालमा नर्स पदमा कार्यरत भएका कारण अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मीको स्वाब संकलन गरी जाँच गर्दा विष खाएका व्यक्तिमा पनि संक्रमण देखिएको थियो ।

यो पनि पढ्नुहोस राजविराजमा कोरोना : मृतकको लहरो समाउँदा भेटिए २९ संक्रमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment