Comments Add Comment

स्पेनबाट आउनेलाई बेलायतमा पुनः १४ दिने क्वारेन्टिनको नियम

११ साउन, काठमाडौं । बेलायतले स्पेनबाट आउने मानिसहरुलाई पुनः १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम ल्याएको छ । यसअघि स्पेनबाट आउने मानिसका लागि १४ दिन क्वारेन्टिनमा बस्नु नपर्ने नियम ल्याएको भए पनि स्पेनमा फेरि कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढ्न थालेसँगै बेलायतले यस्तो नियम ल्याएको हो । गत शुक्रबार एकैदिन स्पेनमा नौ सयभन्दा बढी कोरोना संक्रमित फेला परेका हुन् ।

स्पेनका अधिकारीहरुले स्पेनमा कोरोना भाइरसको दोस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । पछिल्लो समय स्पेनका प्रमुख सहरहरुमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । बेलायतले आफ्ना नागरिकहरुको स्वास्थ्य आफ्नो प्राथमिकतामा रहेको भन्दै स्पेनबाट आउने मानिसलाई १४ दिन क्वारेन्टिनमा राख्ने निर्णय गरेको हो । सरकारले आवश्यक परेको खण्डमा तत्कालै कुनै पनि मुलुकलाई क्वारेन्टिनमा बस्नुपर्ने नियमबाट हटाउन सकिने पनि स्पष्ट पारेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार स्पेनमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ८२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment