+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भन्सारबाट भित्र्याएका गाडीबाट ३३ वटा मोवाइल बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १४:४१
वीरगञ्ज भन्सारको फाइल तस्वीर ।

११ साउन, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै भित्र्याउन लागिएको नयाँ गाडीबाट ३३ थान मोबाइल बरामद भएको छ । गोल्छा समूहले झिकाएको फोर्ड कम्पनीको गाडीबाट तस्करीको मोबाइल बरामद भएको हो ।

जीओले जाँचपासको लागि पेस गरेका १९ वटामध्ये २ वटा गाडीमा रेड मी, रेड आई र ओप्पो ब्रान्डका मोबाइल भेटिएको थियो ।

गोल्छा समूहको जीओ अटोमोबाइल्सले मगाएको फोर्ड गाडी शनिबार चेकजाँच गर्दा विभिन्न ब्रान्डका ३३ थान मोबाइल बरामद भएको भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत विमलकुमार साहले बताए ।

‘एउटामा ८ वटा मोबाइल बरामद भएपछि सबै गाडीको खानतलासी गर्‍यौं, अर्कोबाट थप २५ ओटा मोबाइल बरामद भएको छ,’ उनले भने, ‘भन्सार जाँचपास प्रक्रियाकै क्रममा मोबाइल बरामद भएकोले थप अनुसन्धान सुरु गरेका छौं ।’

भारतीय एकीकृत भन्सार जाँच चौकी (आईसीपी) हुँदै नेपालतर्फको आईसीपीमा भित्र्याइएको गाडीमा मोबाइल भेटिएपछि भन्सार कार्यालयले त्यसको अनुसन्धान सुरु गरेको छ ।

नयाँ गाडीमा लुकाएर अवैध रुपमा मोबाइल भित्र्याउन खोजेपछि अनुसन्धान सुरु गरिएको सूचना अधिकारी साहले बताए ।

‘सानो सानो पोका बनाएर मोबाइल ल्याइएको रहेछ, चालकको बदमासी हो वा यसमा अन्यको पनि संलग्नता छ भन्नेबारे अनुसन्धान गरिरहेका छौं,’ साहले भने, ‘ अनुसन्धानबाट दोषी ठहरिने सबैलाई भन्सार ऐनअनुसार कारबाही हुन्छ ।’

भन्सार ऐनअनुसार मुद्दा पक्रिया अगाडि बढाउँदै चालकलाई अनुसन्धानका लागि बोलाउँदा उपस्थित हुने गरि तारेखमा छोडिएको भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?