Comments Add Comment

लिगको अन्तिम खेलमा लिभरपुलको पुनरागमन जित

१२ साउन, काठमाडौं । च्याम्पियन लिभरपुलले प्रिमियर लिगमा यस सिजनको अन्तिम खेलमा पुनरागमन जित हात पारेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुलले न्यूकासल युनाइटेडलाई ३-१ ले पराजित गरेको हो ।

च्याम्पियन लिभरपुललाई जिताउन भर्जिल भान डाइक, डिभोक ओरिगी र साडियो मानेले गोल गरे ।

घरेलु मैदानमा न्यूकासलले पहिलो मिनेटमै अग्रता लिएको थियो । ड्वाइट गेलले गोल गर्दै अग्रता दिलाएका थिए । तर न्यूकासलले उक्त अग्रता कायम राख्न सकेन ।

३८औं मिनेटमा भाइन डाइकले लिभरपुलका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा लिभरपुलले एक गोल थप्यो । ५९औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । खेल सकिन एक मिनेट बाँकी छँदा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।

जितपछि लिभरपुलले यस सिजन ३८ खेलबाट ९९ अंक जोडेर लिग टुङ्गाएको छ । लिभरपुलले ३० वर्षपछि पहिलो पटक लिग उपाधि जितेको हो ।

लिभरपुलले यस सिजन ३२ खेल जित्दा ३ खेल बराबरी खेलेको थियो । ३ खेलमा भने लिभरपुल पराजित भएको थियो । ३८ खेलबाट न्यूकासलले भने ४४ अंक जोडेर लिग सकाएको छ ।

म्यानचेष्टर सिटीको ५ गोल

यस्तै दोस्रो स्थानको म्यानचेष्टर सिटीले नर्विच सिटीलाई ५-० ले हरायो । सिटीका लागि मिडफिल्डर केभिन डे ब्रुएनाले दुई गोल गरे । यस्तै गाब्रीएल जेसस रहिम स्टर्लिङ र रियाद महारेजले एक एक गोल गरे । जितपछि सिटीले ३८ खेलबाट ८१ अंक जोड्दै लिग टुङ्गाएको छ ।

जर्विच सिटीका ओनेल हर्नान्डेजले खेलको आठौं मिनेटमै गोल गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन ।

यसअघि नै रेलिगेसनमा परिसकेको नर्विच सिटी भने ३८ खेलबाट २१ अंकसहित तालिकाको पुछारमा रह्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment