+
+

जुम्लामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

रासस रासस
२०७७ साउन १२ गते १४:१५

१२ साउन, जुम्ला । कनकासुन्दरी गाउँपालिका-४ का ऐनबहादुर शाही आफ्नै बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । ऐनबहादुरले ७५ वर्षीय बुवा दानबहादुरको कुटपिट गरी हत्या गरेको आरोप छ ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार छोरा ऐनबहादुरले मदिरा सेवन गरी आफ्नै बुबाको कुटपिट गरेर शनिबार राति हत्या गरेका हुन् ।

घटनापछि घाइते दानबहादुरलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका ऐनबहादुरालाई जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याउनलाई प्रहरी निरीक्षक देवराज भट्टराई सहितको टोली कनकासुन्दरी पुगेको छ ।

मृतकको टाउको, आँखा र कोखामा चोटपटक लागेको छ । मृतक नेपाल प्रहरीका निवृत्त सहायक निरीक्षक भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?