+
+

गुल्मीमा पहिरोले ६ परिवार विस्थापित, ट्रकसमेत पुरियो

अनिल खत्री अनिल खत्री
२०७७ साउन १३ गते १२:०६

१३ साउन, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा पहिरोले ६ घर परिवार विस्थापित भएका छन् । सोही गाउँपालिकामै एउटा ट्रक पहिरोमा पुरिएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर-७ खसिमारे भन्ने स्थानमा लु६ख ७७९२ नम्बरको ट्रक पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुटवलबाट सिमेन्ट, ग्यास, छड र फेन्सी सामानहरु लिएर शान्तिपुर जाँदै गरेको ट्रक बाटोमा हिलोमा अडकिएको बेला माथिबाट झरेको पहिरोले सोहोरेर झण्डै १ किलोमिटर तल लगेको प्रहरीले जनाएको छ । पहिरोले ट्रकमा राखिएका सामान र गाडीमा समेत क्षति भएको छ ।

सोमबार साँझ हिलो बाटोमा अड्किएको ट्रक डोजरले तान्दा टोचन चुँडिएपछि त्यत्तिकै छाडिएको थियो । गएराति करिब साढे बाह्र बजे पहिरोले सो ट्रकलाई पुरेको हो । पहिरोले ट्रक पुरे पनि मानवीय क्षति भने भएको छैन ।

जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारियो

यसैबीच अबिरल वर्षासँगै गएको पहरोले गुल्मीमा ६ घर विस्थापित भएका छन् । सोमबार राति जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर-८ बास्कोटमा सोमबार रातिदेखि परिरहेको वर्षाको कारण पहिरो जाँदा ६ घर परिवार विस्थापित भएका हुन् ।

केही गोठमा पनि पनि क्षति पुगेको र घर नै जोखिममा रहेको स्थानीय रुपेश नेपालीले जानकारी दिए । अबिरल वर्षाका जोखिममा परेका घर परिवारलाई तत्कालका लागि जनता बाल निकेतन मावि पिपलपाटामा बस्ने व्यवस्था मिलाउने काम भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?