हार्मोन भनेको कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो जसले शरीरको अरु भागमा रहेका कोषहरुलाई प्रभावित गर्छ । शरीरको मेटाबोलिज्म र रोग प्रतिरोधी प्रणालीमा हार्मोनको सोझो प्रभाव हुन्छ ।
हाम्रो शरीरमा सैयौं किसिमका हार्मोन हुन्छन् जसले शरीरका फरक फरक क्रियाहरुलाई नियन्त्रित गर्छन् । कुनै पनि हार्मोनमा हुने थोरै परिवर्तन पनि मेटाबोलिज्मलाई प्रभावित गर्न काफी हुन्छ । यसले एक केमिकल मेसेन्जरले जस्तै एक कोषबाट अर्को कोषसम्म संकेत पु¥याउँछ ।
चिकित्सकका अनुसार शरीरमा कुनै हर्मोन धेरै बढी वा धेरै कम हुनु नै हर्मोनको असन्तुलन हो । अहिलेको व्यस्त दिनचर्या, असन्तुलित जीवनशैली, अस्वस्थ्यकर खानपान, प्रदूषण, मानसिक तनावले पछिल्लो दशक हर्मोनल असन्तुलनको ग्राफ एकदमै तिब्र रुपमा बढेको छ ।
प्रभावकारी उपचारको अभावमा हर्मोनल असन्तुलनले अनेक किसिमको रोग जन्माउँछ । जस्तो मधुमेह, उच्च रक्तचाप, उच्च कोलोस्टोर, हृदय वा मुटु रोग, मोटोपन, अस्टियोपोरोसिस, गर्भाशय वा स्तन क्यान्सर, डिप्रेसन आदि । यसका साथै बाँझोपन, गर्भपात, गर्भावस्थको बेला मधुमेह जस्ता समस्या निम्तने गर्छ ।
शरीरको समूचित कार्यलाई ठीक राख्नका लागि टेस्टोस्टेरोनको स्तर बनाइराख्न आवश्यक छ । हार्मोन असन्तुलनको कारण स्वास्थ्य सम्बन्धी समस्याहरु जस्तैः अनुहारमा दागहरु बस्ने, शरीरमा रौंहरु पलाउने, उमेर धेरै भएको लक्षण देखिने, यौनप्रति रुची घट्ने हुन्छ ।
किन हुन्छ असन्तुलन ?
हार्मोन असन्तुलनको एक मात्र कारण छैनन् । जस्तो, खराब जीवनशैली, पोषणको कमी, व्यायाम नगर्ने, गलत खानपान, अत्यधिक तनाव वा उमेर आदि । महिला र पुरुष दुवैमा हार्मोन असन्तुलनको फरक फरक प्रभावहरु हुन्छन् ।
पछिल्लो दिन विश्व स्वस्थ्य संगठनले मानसिक स्वास्थ्यको घट्दो स्तरलाई लिएर चिन्ताजनक आंकडा दिएको थियो । अहिले धेरैजसो मानिस दिमागमा चिन्ता र तनाव बोकेर बाचिरहेका छन् । उनीहरु कुनै न कुनै मानसिक समस्याबाट गुज्रिरहेका छन् । विश्वका आधाभन्दा बढी जनसंख्या मानसिक समस्याले ग्रस्त छन् । यसको पछाडि असन्तुलित हर्मोन नै जिम्मेवार देखिएको छ ।
हाल्टरोफ मेडिकल ग्रुपले गरेको एक मनोवैज्ञानिक अध्ययनमा भनिएको थियो कि, मानसिक स्वस्थ्य र हर्मोनबीच गहिरो सम्बन्ध हुन्छ । मानसिक समस्याको जड मनमा होइन, हर्मोनमा रहेको पनि उक्त अध्ययनबाट थाहा भएको छ ।
कसरी सन्तुलित बनाउने त ?
सन्तुलित जीवनशैली, खानपान र सोंचबाट हर्मोनलाई सन्तुलित राख्न सकिन्छ । पोषिलो एवं स्वस्थ्यकर खानपान, सक्रिय दिनचर्या, सकारात्मक सोंच आदिले यसमा खास भूमिका खेल्छ । अर्थात खराब खानपान र दिनचर्या परिवर्तन गरेर हर्मोनलाई सन्तुलित राख्न सकिन्छ । मदिरापान नगर्ने, धेरै मसलेदार वा अवस्थ्यकर खानेकुरा नखाने, ऐशआरमपूर्ण जीवन नखोज्ने, चिन्ता एवं तनाव नलिने ।
पर्याप्त निद्रा लिने । गहिरो निद्राले मस्तिस्क र एड्रिनल ग्रन्थीको माध्यमले हार्मोन सन्तुलित हुन्छ । हार्मोन असन्तुलनको कारण देखिने विभिन्न स्वास्थ्य समस्याहरुलाई कम गर्नको लागि प्रतिदिन आठघन्टा सुत्ने लक्ष्य बनाउनुपर्छ ।
हर्मोनलाई सन्तुलित राख्नका लागि अर्को सर्त हो व्यायाम । नियमित रुपमा समूचित ढंगले व्यायाम गर्नु जरुरी छ । ऐशआरम वा निस्क्रिय जीवनशैलीको कारण पनि हर्मोनमा असन्तुलन आउने गर्छ ।
आवश्यक छ यी ७ हर्मोन
कार्टिसोल
एड्रिनल ग्रन्थीमा पाउने एक महत्वपूर्ण हर्मोन हो, यसको असन्तुलनले यी समस्या हुनसक्छ । निद्रा नलाग्ने, चक्कर आउने, नङ कमजोर हुने, रगतमा सुगरको मात्रा बढ्ने ।
थाइराइड
थाइराइड ग्रन्थीले त्यस हर्मोनको निर्माण गर्छ, जो शरीरको उर्जाको प्रयोगको कार्यविधी प्रभावित गर्छ । यसको कमीले डिप्रेसन, सुस्त, कब्जियत, रुखोपन, धेरै निद्रा लाग्ने, कपालसँग जोडिएको समस्या हुनेगर्छ ।
एस्ट्रोजन
एस्ट्रोजनको स्तर बिग्रनाले हृदयसम्बन्धी समस्या, क्यान्सर, मूत्राशयमा संक्रमण, डिप्रेसन, अनिद्रा, माइग्रेन, तिब्र तौल बढ्ने, पित्ताशयसम्बन्धी रोग लाग्नेगर्छ ।
प्रोजेस्टेरान
यसकोक मीले अनिद्रा, स्तनमा दुखाई, तौल बढ्ने, टाउको दुख्ने, तनाव, बाझोपन आदि हुन्छ ।
टेस्टोरान
महिलामा टेस्टोस्टेरान धेरै रिलिज हुँदा मुसा आउने, पोलिसिस्टिक ओभरी सिन्ड्रोम, अनुहार र हातमा रौ पलाउने, हाइपोग्लाइसीमिया, बाँझोपन जस्ता समस्या हुनसक्छ ।
लेप्टिन
यो हर्मोनले भोकलाई प्रभावित गर्छ । यसमा गडबडी भएमा धेरै भोक लाग्ने समस्या हुन्छ ।
इन्सुलिन
यसको कारण मधुमेह, थकान, अनिद्रा, कमजोर स्मरण, तिब्र तौल बढ्ने जस्ता विरामी हुनसक्छ ।
प्रतिक्रिया 4