+
+

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ४५ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १५ गते १३:१६

१५ साउन, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र ४८५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यससँगै मेक्सिकोमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४५ हजार ३६१ पुगेको हो ।

मृतक संख्याको आधारमा मेक्सिको कोरोना भाइरसको कारण चौथो सबैभन्दा प्रभावित मुलुक हो । कोरोना भाइरसको कारण मृत्यु हुने मानिसको संख्याको आधारमा सबैभन्दा शीर्ष स्थानमा अमेरिका रहेको छ भने दोस्रो स्थानमा ब्राजिल छ । तेस्रो स्थानमा बेलायत छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका पाँच हजार ७५२ नयाँ संक्रमित फेला परेका छन् । यससँगै मेक्सिकोमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि चार लाख आठ हजार ४४९ पुगेको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?