Comments Add Comment

सागमा दोहोरो स्वर्ण दिलाउने मन्डेकाजी ५ लाख नगदसहित सम्मानित

१५ साउन, काठमाडौं । गत मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको कातातर्फ दोहोरो स्वर्ण जितेका खेलाडी मण्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् ।

एकल र टिम कातामा स्वर्ण जितेका मण्डेकाजी बिहीबार नगद ५ लाखसहित सम्मानित भए । ललितपुरस्थित होटल भिभान्तामा आयोजित एक कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका नेता रमेश आचार्यले उनलाई नगद हस्तान्तरण गरेका थिए ।

मण्डेकाजीलाई धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुडविल बिलदर्सका सीईओ तथा करातेका पूर्व राष्ट्रिय खेलाडी रवि महर्जनको व्यवस्थापनमा सम्मान गरिएको हो ।

कार्यक्रममा गजुरियो करातेका केन्द्रीय कोषाध्यक्ष एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टिलका सीईओ रोसिद उनिथान र स्थानीय समाजसेवी युनुस डंगोलको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment