Comments Add Comment

पिता एक प्रेरणा

पिता देह मात्र होइनन्, उनी प्रेरणा हुन् । भाव हुन् । पिता, जसले सन्तानको सुख र कल्याणका लागि हर–संभव प्रयास गर्छन् । आफ्नो प्राणलाई बाजीमा राखेर सन्तानको खातिर जस्तोसुकै खतरासँग खेल्छन् ।

पिता एक छत हो, जसको आश्रयमा सन्तान हुर्कन्छन् । पिता सन्तानको पालन पोषण र संरक्षणका पर्याय पनि हुन् । सन्तानका आवश्यक्ताहरु पुरा गरिदिने माध्याम हुन् । पिता शिशुका लागि उल्लास हुन् । किशोर एवं जवानका लागि सर्वोत्तम प्रेरक एवं पथप्रदर्शक हुन् । वयस्क र प्रौढका लागि अनन्त आशीर्वाद हुन् ।

पिताको उपस्थितीले सन्तानलाई अदृश्य संकटबाट मात्र बचाउँदैन, एक अपूर्व सुरक्षा पनि बोध गराउँछ ।

सौभाग्यशाली हुन् उनी, जसले पिताको कृपा–धाराको अमृतपान गरे । र, धन्य छ उनको जीवन जसले पिताको सेवा एवं आज्ञा पालन गरिरहेका छन् । जीवनको उजाड मरुभूमिमा पिताको उपस्थिती आफैमा शीतल बगैंचामा रुपान्तरण हुनपुग्छ । पिताको महत्व यति धेरै छ कि, सन्तानले त्यसलाई बोध गर्न सक्नुपर्छ ।

धर्मशास्त्र–साहित्य र लोक जीवनमा समुचित संगतिका कारण समाजमा पितृ–सन्तान समबन्ध सधै सुमधुर रह्यो ।

दशरथको रुपमा पिताको आदर्श र राम, श्रवणकुमार, नचिकेता, भीष्म आदिको रुपमा आदर्श पुत्रको छवी समाजमा सधै अनुकरणीय रह्यो । खासगरी संयुक्त परिवारिक संरचनामा पिता एक संरक्षक, एक आदर्श र एक मार्गदर्शकको रुपमा पूज्य रहे । तर, अहिले आधुनिकताको नाममा एकल परिवार बढ्दैछ । र, पिताको स्थान पनि धरापमा पर्दैछ ।

पितालाई आदर्श, मार्गदर्शक मान्ने भन्दा पनि बोझ मान्ने प्रवृत्ति भित्रभित्रै मौलाउन थाल्यो । बृद्ध, असाहय पिताको सम्पतिमा अधिकार जमाएर उनलाई वृद्धाश्रममा पठाउने क्रम बढ्यो ।

सेवानिवृत्त पिताको धनसम्पति, पेन्सन आदिमा त सन्तानले आफ्नो हक खोज्यो तर, पिताप्रतिको आस्था, विश्वास, श्रद्धा भने खिइदै गयो । पितालाई उचित सम्मान गर्ने, सरसल्लाह लिने, उचित रेखदेख गर्ने, उपचार गर्ने, औषधि पानी दिने कुरामा सन्तानहरु टाढिदै गए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment