Comments Add Comment

‘फोन किन्दा सेक्युरिटी, इनोभेसन र ब्रान्ड हेर्नैपर्छ’

१८ साउन, काठमाडौं । लकडाउनपछि नेपालमा मोबाइल बजारमा उत्साह थपिएको  छ । ग्राहकहरु नयाँ फोन खोज्दै पसलमा पुग्ने क्रम बाक्लिएको छ । यसले गर्दा कतिपय कम्पनीहरुलाई माग धान्न मुस्किल छ ।

त्यसमध्ये एक हो, सामसुङ । नेपालमा धेरै बिक्रीवितरण हुने फोन ब्रान्डमा पर्छ सामसुङ । लकडाउन खुलेपछि कम्पनीले बजारमा माग अनुसार आपूर्ति पुर्‍याउन सकिरहेको छैन ।

आगामी बुधबार ५ वटा नयाँ पावरफूल प्रोडक्ट सार्वजनिक गर्ने तयारीमा रहेको यो ब्रान्डले अब बजार झनै राम्रो हुने प्रक्षेपण गरेको छ ।  मोबाइल धेरै बिक्री हुने सिजन चाडबाडको सिजन नजिकिँदै गर्दा जुलाइ महिनामै सामसुङ मोबाइलले रेकर्ड ब्रेक ब्यापार गरेको छ ।

सामसुङले बजारमा कसरी आफ्नो प्रभाव विस्तार गर्दैछ त ? यसबारे सामसुङको नेपाल प्रतिनिधि कार्यालय ‘आईएम बिज’का महाप्रवन्धक प्रणयरत्न स्थापितसँग रवीन्द्र घिमिरेले गरेको कुराकानीको सम्पादित अंश :

नेपालको मोबाइल बजारमा अग्रणी ब्रान्ड भएको हिसावले लकडाउनपछि नेपाली मोबाइल बजारको अवस्था कस्तो पाउनुभयो ?

चैत ११मा देश लकडाउन भएपछि बाहिर निस्कने अवस्था थिएन । पसलहरु बन्द थिए । लकडाउनमा बस्दा मोबाइलको आवश्यकता झन बढेको थियो । घरमा बसेपछि साथीभाइ र आफन्तसँग कुरा गर्नुपर्ने, भिडियोहरु हेर्नुपर्ने, समाचार हेनुपर्ने थियो ।

जुन महिनामा लकडाउन खुलेपछि ग्राहक बजारमा आउनुभयो । एकैपटक २/३ महिना बन्द भएको बजार एकैपटक खुल्दा माग बढेको अवस्था रह्यो ।

हामी ‘न्यु नर्मल’मा हाम्रो जीवनशैली नै बदलिएको छ । अब पसलमा जान छोडेर गृहणीहरुले अनलाइन सपिङ गर्न सिक्नुभएको छ । पत्रिका नआएकाले अनलाइन न्युज पोर्टहलरु हेर्नुपर्ने भयो ।

लकडाउनमा धेरैजसो निजी विद्यालयले ई-लर्निङ कक्षाहरु थाले । कम्प्युटर, ट्याबलेट, ल्यापटप र मोबाइलबाट अनलाइन कक्षाहरु चल्दैछन् । त्यसैकारण ‘न्यु’ नर्मलमा बजारमा मोबाइलको माग बढेको अवस्था हो ।

मोबाइलको ब्यापार बढ्नुमा तपाईंले अघि भन्नुभएको जस्तो कारण मात्रै छन् कि अरु सहायक कारणहरु पनि जोडिएका छन् ?

अन्य विभिन्न कारणहरु पनि छन् । पहिलो त मोबाइल ग्राहकको अनिवार्य आवश्यकता नै भइसकेको छ । दुई-तीन महिना बन्द भएपछि एक्कासी बजार खुल्दा ग्राहक बढ्ने नै भए ।

लकडाउन हुनुभन्दा पहिले बजारमा अवैध माध्यमबाट राजस्व छली गरेर चोरी तस्करीका मार्फतबाट मोबाइलहरु ल्याएर बेच्ने क्रम ब्याप्त थियो ।

अहिले नियमित फ्लाइट छैन । सीमा नाका सिल छन् । त्यसले गर्दा पनि तस्करी लगभग शून्यको नजिक पुगेको छ । पहिले धेरै मोबाइल अवैध बाटोबाट ल्याइन्थ्यो । ठ्याक्कै भन्न नसकिएपनि बजार १०० वटा वैध फोन बिक्री हुँदा ५०/६० वटा अवैध फोनहरु बेचिन्थ्यो भन्ने अनुमान गरिन्थ्यो । सीमा सिल भएपछि गर्दा वैध रुपमा भित्रिने फोनहरुको बिक्री बढेको छ ।

सामसुङको मात्रै कुरा गर्दा यो लकडाउन खुल्नु र हाम्रा प्रतिस्पर्धी नयाँ उत्पादनहरु बजारमा आउनु एकैपटक भयो । हामीले जुनमा नयाँ फोनहरु लन्च गर्‍यौं । त्यसमध्ये एम २१ सबैभन्दा बढी रुचाइएको छ । एम ३१,  एम ११ र ए ०१, ए २१ एस पनि यही बीचमा लन्च भयो । यसले गर्दा पनि बजारमा हाम्रो फोनहरुको माग ह्वात्तै बढ्न पुग्यो । नयाँ डिभाइसलाई पनि ग्राहले रुचाइदिनुभयो, यसले गर्दा बिक्री राम्रो भयो ।

डिमान्ड बढिरहेको छ, समग्र आपूर्ति व्यवस्था पनि सहज छैन । यस्तो अवस्थामा कसरी बजारको मागलाई व्यवस्थापन गरिरहनुभएको छ ?

अहिले कसैलाई पनि देशबाट भित्रबाहिर गर्ने सहज अवस्था छैन । अहिले आयात निर्यात निकै असहज छ । त्यही पनि हामीले चार्टड फलाइट र अन्य विविध माध्यम ल्याइरहेका छौं ।

आशा गरौं, भदौ १ बाट अन्तर्राष्ट्रिय र आन्तरिक उडान सहज होला । त्यसपछि अहिलेको भन्दा सजिलो रुपमा माग र आपूर्तिको तालमेल गर्न सकिएला ।

अहिले मोबाइलको मागअनुसार आपूर्ति दिनै नसकिएको अवस्था हो ?

प्रष्ट रुपमा भन्दा अहिले हामीले पूर्णरुपमा मागअनुसार बजारमा मोबाइल पठाउन सकेका छैनौं । हाम्रो पनि विभिन्न प्रक्षेपण अनुसारको योजनाहरु हुन्छ ।

हामीले नयाँ मोडलहरुमा सोचेको भन्दा निकै राम्रो प्रतिक्रिया पाएका छौं । लकडाउन खुकुलो भएको करिब २ महिनामा बल्ल अब विस्तारै माग मागअनुसार आपूर्ति दिनसक्ने अवस्थामा पुगेका छौं ।

लकडाउन अघि र पछिको अवस्था तुलना गर्दा उपभोक्ताहरुको डिभाइसको रोजाइ या बजारसँग अपेक्षामा केही फरकपन आएको छ ?

कोभिड-१९को महामारीले गर्दा सबै डिभाइसको माग बढेको छ ।

सामसुङले सबै किसिमको ग्राहकको माग र आवश्यकतालाई ध्यानमा राखेर उत्पादनहरु ल्याउँछ । हामी गाउँ घरमा विपन्न परिवारले किन्ने सस्तो २०० मूल्यको बारफोन पनि दिन्छौं । हामी इन्ट्री लेभलको ८/९ हजारको स्मार्ट फोन पनि बेच्छौं ।

त्यसैगरी एम २१, एम ३१ मध्यम लेभलको फोनहरु पनि बेच्छौं ।

हामी त्यहाँ मात्रै हैन, प्रिमियम गुणस्तर र अनुभव दिने तथा प्रविधिमा अब्बल फोनहरुको फ्ल्यागसिप मार्केटमा पनि छौं । यसमा चाँही क्यामेरादेखि, डिजाइनदेखि अन्य प्रविधिसम्म पनि सबै ग्राहकलाई सुन्तुष्ट बनाउन सक्ने खालको हुन्छ । हामीले लकडाउन अघि मात्रै एस २० र एस २० प्लस पनि सार्वजनिक गरेका थियौं । हामीसँग सबै खालको रेन्ज पनि छ ।

अबको ‘न्यु नर्मल’ले चाँही कुनै एउटा सेगमेन्टका ग्राहकलाई मात्रै हैन, सबैलाई छोएको छ । त्यसले गर्दा सबै रेन्जको फोनको माग बढेको अवस्था छ ।

त्यसमध्ये पनि २० देखि ४० हजार मूल्यको मध्यम रेन्जका फोनहरुको माग अत्यधिक बढेको छ । त्यस्ता फोनहरु ‘गुड भ्यालु फर मनी’का हुन् ।

जस्तो एम २१ कै कुरा गर्दा यो फोन ६.४ इन्चको डिभाइस हो । ठूलो स्क्रीन भएपछि न्युज बढ्न, गेम खेल्दा रमाइलो अनुभव गर्न, ई-लर्निङ गर्न सजिलो हुन्छ । सानो स्क्रीनमा असजिलो हुने भएपनि ठूलो स्क्रीनवाला फोनहरु ग्राहकलाई चलाउन निकै नै सहज हुन्छ । ४८ मेगा पिक्सनको ट्रिपल क्यामेरा पनि छ । यसले लो लाइटमा पनि राम्रो फोटो खिच्छ । सामसुङको ‘एक्जनस’ प्रसोसर भएकाले यसको परफर्मेन्स निकै नै राम्रो हुन्छ । यस्तो फोन २२ हजार ९९९ रुपैयाँमा किन्न सकिन्छ । २२ हजारमा यति धेरै विशेषतायुक्त फोन पाउनु आफैंमा अफोेर्डेबल भयो । सबै वर्गको मान्छेको न्युनतम् आवश्यकता पुरा गर्न पनि यो फोन सक्षम छ । घरमा बस्ने गृहणीलाई पनि यसो फोटो खिच्न, भिडियो हेर्न, समाचार बढ्न, गेम खेल्न जे गर्न पनि यसले निकै सहज गराउँछ । २०-३० हजारमा यस्ता गजबका फोनहरु पाइने भएकाले त्यही रेन्जमा बढी आकर्षण देखिएको छ ।

यो बाहेक ट्याबलेटहरुमा पनि आकर्षण बढेको छ । हामीले ३ मोडलका ट्याबलेटहरु बजारमा उपलब्ध गराएका छौं । एउटा ८ इन्चको छ, एउटा १०.१ इन्चको छ । हामीले हालसालै ‘सामसुङ ट्याब एस ६ लाइट’ मोडल बजारमा ल्याएका छौं । त्यो डिभाइस अफोर्डेबल मूल्य छ । १०.४ इन्चमा छ । त्यसमा सबैभन्दा राम्रो पक्ष ‘एस पेन’ पनि उपलब्ध हुन्छ । यो ई-लर्निङका लागि सघाउँछ । सिर्जनशील मान्छेहरुलाई चित्र कोर्न र आर्ट गर्न पनि उपयोगी हुन्छ । यसको पनि राम्रो प्रतिक्रिया पाएका छौं ।

अहिले मध्यम लेभलका फोन र ट्याबलेटको माग अत्यधिक छ ।

कोभिड-१९ले मोेबाइल बजारलाई नयाँ खालेको अवसर र चुनौती दियो । यस्तो अवस्थामा सामसुङ अब कसरी अघि बढ्ने योजनामा छ ?

गत जुन महिनामा सार्वजनिक भएका डिभाइसहरुको माग जसरी बढेको छ, त्यसलाई पूर्ति गर्नेमै हामी बढी ध्यान दिन्छौं । त्यसका लागि आपूर्ति व्यवस्था सहज बनाउनु छ । पहिलो ध्यान त्यतै छ । नियमित फ्लाइट खुलेपछि आपूर्ति सहज होला पनि ।

हामी त्यति मात्रै हैन, ग्लोबल रुपमा कोभिड प्रभावित उपभोक्तालाई केही नयाँ र उत्साहप्रद उत्पादनहरु दिन दिन चाहन्छौं ।

आगामी ५ अगष्ट (बुधबार)मा  सामसुङको ठूलो अनलाइन इभेन्ट हुँदैछ । हामी त्यसमा केही ‘कटिङ एज टेक्नोलोजी’ अनावरण गर्दैछौं ।

त्यहाँ ५ वटा पावरफुल डिभाइस सार्वजनिक गर्दैछौं, जो बिल्कुलै नयाँ हुनेछ । यसमा लाउनेदेखि लिएर पावर डिभाइसहरु लन्च गर्दैछौं ।

अहिले हाम्रो ध्यान त्यसैमा केन्द्रित छ ।

नेपालमा सामसुङ केही वर्षदेखि निरन्तर मोबाइल फोनको बजारमा अग्रणी स्थानमा छ । यो कसरी सम्भव भइरहेको छ ?

सामसुङ अफोर्डेबल ब्रान्ड मात्रै हैन । यो ‘इनोभेसन’कै लागि उभिएको कम्पनी हो । नवप्रवर्तनले नै मान्छेको अनुभवलाई तिखार्ने हो । प्रविधिले नै अनुभवलाई परिपक्व बनाउने हो ।

म ‘एस २० अल्ट्रा’ प्रयोग गर्छु । म सँग पनि घर डीएसएलआर क्यामेरा थियो । आजभोलि म त्यो प्रयोग र्नै गर्दिनँ, बेच्न खोजिराछु । किनभने एस २० प्लासमा ‘१०० टाइम्स जुम’ गर्न मिल्छ । १०८ मेगापिक्सलको लेन्स छ । क्यामेरामा यो सुपेरियर छ । अरु व्यवसायिक मोबाइल डिभाइसमा यस्तो फिचर्स अरुमा छैन । सामसुङले यस्ता प्रविधि अरुलाई पनि बेचेको छ । किनकी अरुले यस्तो फिचर्स भएको सेन्सर उत्पादन गर्न सकेका छैनन्, सामसुङले उत्पादन गरेर अरुलाई नै दिँदैछ । हामी आफ्नै प्रतिस्पर्धी ब्रान्डलाई बेचिरहेका छौं ।

नयाँ प्रविधिकै कुरा गर्दा ‘सुपर एमोलेड’ सामसुङकै सिर्जना हो । यसले स्क्रीनको चम्किलोपनालाई राम्रो बनाउँछ । यसले स्क्रीनलाई प्रभावकारी मात्रै बनाउँदैन, हानी गर्नसक्ने ब्लु लाइट घटाइदिन्छ । सामसुङको ‘एक्जनस’ भन्ने आफ्नै प्रोसेसर पनि छ । फ्ल्यागसिप डिभाइसमा पनि सामसुङको आफ्नै डिभाइस प्रयोग भएको छ ।

सम्पूर्ण रुपमा सामसुङ इनोभेटिभ कम्पनी हो, २०२०मा बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी)ले गरेको ग्लोबल इनोभेसन सर्भे गरेको थियो, जसले सामसुङलाई विश्वकै पाँचौं मस्ट इनोभेटिभ कम्पनीका रुपमा ठहर गर्‍यो । अरु चार वटा कम्पनी पनि छन्, विश्वमा पाँच वटा इनोेभेटिभ कम्पनीमा पर्नु चानचुने कुरा होइन ।

हाम्रा डिभाइसमा ‘स्क्रीन टू बडी रेसियो’ हुन्छ । अर्थात्, लगभग डिभाइसकै आकार बराबरको डिस्प्ले दिन खोजेका छौं । हामी सँधै फूल बडीमा कसरी स्क्रीन कसरी अधिकतम् ठूलो बनाउने भने प्रयत्न गर्छौं । हामीले यो फिचर्स एक वर्षअघि नेपालको मार्केटमा एम ४०मा पहिलोपटक लिएर आएका थियौं । अहिले अरु फोनमा पनि आएको छ ।

फोनमा आफ्ना व्यक्तिगत जानकारी, विवरण, फोटो र भिडियोहरु हुन्छन् । त्यसैले फोनलाई सेक्युरिटीका हिसावले निकै संवेदनशील पनि मानिन्छ । यसमा आफ्ना व्यक्तिगत जीवनका कुराहरु हुन्छन् । यसमै बैंकिङ एपहरु हुन्छन् । प्रोफेसनल र पर्सनल इमेलहरु हुन्छन् ।

त्यसैले डिभाइसको डाटाको सुरक्षा महत्व हुन्छ । यदि आफूले चलाउने डिभाइसको डाटा सुरक्षित छैन भने त्यो डिभाइस चलाउनै जोखिमपूर्ण हुन जान्छ ।

अहिले पनि कति व्यक्तिगत र तथा संस्थागत विवरणहरु बाहिरिएको हामी सुन्छौं । ‘सेक्युरिटी मेजर्स’ नपुग्दा त्यस्तो हुन्छ । त्यस्तो हुनु भनेको ठूलो मूल्य चुकाउनु हो ।

तर, सामसुङ सुरक्षित डिभाइस हो । किनभने सामसुङको ‘नक्स’ भन्ने फिचर्स छ । यो ‘डिफेन्स ग्रेड’ सेक्युरिटी सिस्टम हो । यो सफ्टवेर हार्डवेयर दुबैमा राखिएको हुन्छ । डिभाइसका लागि सबैभन्दा सुरक्षित सेक्युरिटी सिस्टम हो ।

सामसुङका डिभाइसमा नक्स सिस्टम हुन्छ । यो अमेरिकाको रक्षा विभागले यसलाई प्रयोग गर्छ । अमेरिकाको फेडरल ब्युरो अफ इन्भेष्टिगेसनले पनि यसैलाई विश्वास गरेको छ । भारतको एयरफोर्स र सिंगापुरमा पनि यो प्रणाली प्रयोगमा छ । यसको विश्वसनीयता पूर्ण रुपमा फरक तहको छ ।

हामी सामसुङमा एन्ड्रोइड चलाउँछौं । एन्ड्रोइड गुगलकै अपरेटिङ सिस्टम हो । गुगलले यसमा नयाँ अपडेटमा ल्याउनुअघि नै सामसुङले ‘वानयूआई’ सिस्टमको माध्यमबाट विभिन्न फिचर्स दिन्छ । डार्क मुड, स्क्रीन रेकर्ड, क्विक सेयर लगायतका फिचर्स अरुमा मोबाइलमा आउनुअघि नै हामीले वानयूआईका माध्यमबाट उपलब्ध गराइसक्छौं । सामुसुङको ‘युजर एक्स्पिरियन्स’ अन्यको भन्दा बिल्कुलै फरक हुनुका कारण पनि यिनै हुन् ।

‘इनोभेसन’मा सामसुङ निकै अघि छ । त्यसैले पनि फोब्र्सले २०१९मा गरेको ग्लोबल ब्रान्ड भ्यालु सर्भेमा ८ औं परेको छ । उपभोक्ताले विश्वास गरेकै कारण पनि हामी ‘मस्ट भ्यालुएबल ब्रान्ड’मा ८ औं भएका हौं । हामी माथि उक्लिँदैछौं । ५०.४ बिलियन डलरको ब्रान्ड भ्यालु छ, सामसुङको ।

विश्वसनीयता, इनोभेसन र सुरक्षाका हिसावले उत्कृष्ट भएकाले नै हामी टेक्नोलोजी कम्पनीमा अग्रणी हुन सकेका छौं ।  हामी भन्छौं, फोन किन्दा सेक्युरिटी, इनोभेसन र ब्रान्ड हेर्नैपर्छ ।

अब नेपाली बजारमा गर्नुभएको अपेक्षा के हो ?

नेपालमा हामीले यहाँको आवश्यकतालाई हेरेर काम गरिरहेका छौं । यहाँ अहिले मध्यम लेभलका फोनको माग धेरै छ, त्यसको आपूर्ति सहज बनाउन हामी जोड दिइरहेका छौं । ५ अगष्टमा हुने ग्लोबल अनलाइन इभेन्टको पनि हामीलाई प्रतिक्षा छ ।

त्यहाँ पनि नेपाली उपभोक्ताले खोज्ने खालका डिभाइसहरु आउँदै छन् । अरुको तुलनामा त्यो सेगमेन्टको बजार अलीकति सानो छ । तर, पनि नयाँ इनोभेसन र ‘कटिङ एज टक्नोलोजी’लाई आत्मसात गर्न तयार भएर बस्नुभएका हाम्रो धेरै ग्राहक हुनुहुन्छ ।

अबको एक दुई महिनालाई विश्लेषण गर्दा हामी एकदमै उत्साहित छौं । नयाँ प्रविधि, फिचर्स, इनोभेसनलाई लिएर आएर ग्राहकसँग अन्तरक्रिया गर्न पाउने कुराले हामीमा उत्साह भरेको छ ।

हामी यो वर्षको ‘थर्ड क्वाटर’को आधारमा हेर्दा हाम्रो बजारमा राम्रो छ । जुलाइमा हाम्रो ‘रेकर्ड ब्रेकिङ सेल्स’ भएको छ । अब आगामी महिनामा पनि नयाँ ‘ग्लोबल लन्च’ले गर्दा पनि निकै राम्रो होला । त्यसपछि चाडबाडको सिजन आउँछ । त्यसैले अबको दुई महिनामा पनि रेकर्ड ब्रेक गर्छौं भन्ने विश्वास गर्छौं । यो नेपालको सामसुङको इतिहासमै गर्वको विषय हुने ।

सन् २०१४मा सामसुङ कोरियाको प्रतिनिधि अफिस नेपालमा खडा भएको हो । हामी लगातार अग्रणी कम्पनीका रुपमा अघि बढ्यौं । हामी हरेक सालमा अरु ब्रान्डभन्दा अघि छौं । यो माहोलमा यो वर्ष रेकर्ड ब्रेकिङ सेल्स हुनुले पनि कम्पनीको विश्वासनीयता पुष्टि गर्छ ।

सामसुङ भनेको विश्वास हो । मोबाइल डिभाइस अहिले मान्छेले सबैभन्दा बढी अन्तरक्रिया गर्ने साधन बनेको छ ।  यो व्यक्तित्व झल्काउने चिज पनि भयो । तर, फोन त्यति मात्रै सीमित नभएर अब डिभाइसमा सेक्युरिटी सबैभन्दा महत्वपूर्ण भयो । सामसुङले त्यो कुरालाई सबैभन्दा धेरै ध्यान राखेका छ । त्यसैले उपभोक्तालाई अहिले सामसुङको विकल्प उपलब्ध छ भन्ने कुरा हामी मान्दैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment