+

अनलाइन स्विमिङ लेभल १ कोर्स सुरु

२०७७ साउन  १८ गते ९:३६ २०७७ साउन १८ गते ९:३६
अनलाइन स्विमिङ लेभल १ कोर्स सुरु

१८ साउन, काठमाडौं । नेपाल ट्रायथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल १ कोचिङ्ग कोर्स शनिबारबाट सुरु भएको छ ।

प्रशिक्षकहरुमा वैज्ञानिक प्रशिक्षण विधी र पौडी सम्वन्धी प्राविधिक ज्ञान प्रदान गर्दै पौडी खेलाडीहरुमा प्रभावकारी ज्ञान प्रदान गर्ने उद्देश्यले कोर्स सन्चालन गरिएको नेपाल ट्रायथलन संघले जनाएको छ ।

कोर्सले प्रशिक्षकहरुमा प्रशिक्षण सम्वन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धी विशेष ज्ञान प्रदान गर्नेछ । प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै भइरहेका खेलाडीहरुको स्तर वृद्धि गर्न समेत ठूलो सहयोग पुग्ने संघको विश्वास छ ।

आइतबारसम्म सन्चानल हुने कोर्समा ट्रायथलन र पौडीसँग सम्वन्धित २५ प्रशिक्षकहरुले विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म अनलाइन कोर्समा सहभागिता जनाइरहेका छन् । नेपालमा पौडी सम्बन्धी प्राविधिक ज्ञान प्रदान गर्न अनलाइन मार्फत प्रशिक्षण प्रदान गर्न लागेको यो पहिलो पटक हो ।

प्रशिक्षार्थीहरुलाई वर्ल्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक एवं प्रशिक्षक युगिन लिले अनलाइन मार्फत प्रशिक्षण प्रदान गरिरहेका छन् । वर्ल्ड कोचेज एकेडेमीले चिन, हङ्गकङ्ग, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स सन्चालन गरिसकेको छ ।

‘ट्रायथलनको नेतृत्व हाम्रो हातमा आएको छोटो समयमानै यस खेलले विभिन्न अन्तराष्ट्रिय स्तरका खेलमा पदक हात पार्नुका साथै दक्षिण एशियाली खेलकुदमा पहिलो पटकको सहभागितामानै रजत र कास्य पदक प्राप्त गर्दै दोश्रो सहभागिता १३ औं दक्षिण एशियाली खेलकुदमा २ स्वर्ण, तीन रजत र एक कास्य जित्न सफल भएका छौँ । नेपाल सुहाँउदो यस खेललाई नेपालमा आकर्षित गर्दै खेलकुद पर्यटनको रुपमा विकास गर्ने र नेपालमानै दक्षिण एशियाको ट्राईयाथलन एकेडेमी निर्माण गर्ने उद्देश्य संघको रहेको छ,’ अध्यक्ष निलेन्द्र राज श्रेष्ठले भने ।

छोटो समयमानै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा पदक हात पार्दै राष्ट्रको नाम उच्च राख्न सफल यस खेललाई अझ मजुवत बनाउँदै कोरोनका कारण खेल गतिविधिबाट टाढा रहेको प्रशिक्षकहरुको स्तर वृद्धि गर्न यस कोर्सले मद्दत पुग्ने ट्रायथलनका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव युवराज सुनुवारको भनाइ छ । सुनुवार पौडीका पूर्व प्रमुख प्रशिक्षकसमेत हुन् । ट्रायथलन पौडी, साइक्लिङ र दौडको मिश्रित खेल हो ।

कोर्सबाट पौडी सम्वन्धी नयाँ ज्ञान प्राप्त भएको र लामो दूरीको पौडी प्रशिक्षणले आगामी दिनमा पौडी खेलाडीहरुको स्तर वृद्धि गर्न मद्दत पुग्ने र नयाँ खेलाडीहरु उत्पादनमा निकै नै ठूलो कोशे ढुङ्गा सावित हुने प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुको भनाइ छ ।

ट्रायथलन स्विमिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय