+
+
Shares

जनकपुरधाममा सोमबार रातिदेखि निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १८ गते १७:०६

१८ साउन, जनकपुरधाम । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरिनेछ । निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको उनले बताए ।

स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय भएको भट्टराईले जानकारी दिए ।

प्रदेश २ को बीरगंज, राजविराज र जलेश्वरमा यसअघि नै निषेधाज्ञा जारी गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?