+
+
Shares

एसिड आयात र विक्री वितरणको अनुगमन गर्ने संयन्त्रको खोजी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १८ गते २३:२१

१८ साउन, काठमाडौं । ओखलढुंगा घर भई सीतापाइला बस्ने पवित्रा कार्की अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि साउन ८ गते साँझ एसिड प्रहार भएको थियो ।

गत वर्ष वीरगञ्जकी मुस्कान खातुनमाथि एसिड आक्रमण भयो । विद्यालय हिँडेकी उनीमाथि २० भदौ २०७६ मा एसिड आक्रमण भएको थियो ।

सरकारी तथ्यांक अनुसार अर्थिक वर्ष २०७१-७१ देखि अहिलेसम्म एसिड आक्रमणका १७ घटना भएका छन् । जसमध्ये सबैभन्दा धेरै घटना प्रदेश २ मा ६ वटा र काठमाडौंमा ५ वटा छन् । एसिड आक्रमणको दुई वटा घटनामा पीडित पुरुष छन् भने बाँकीमा महिला ।

पछिल्लो समय अपराध सहिंताले यसलाई एसिड आक्रमणको घटनालाई ज्यान मार्ने उद्योगमा राखेको छ र, त्यसअनुसार केहीले सजाय पनि पाएका छन् । तर आक्रमणका घटना रोकिएको छैन ।

त्यसैले एसिड कसले ल्याउँछ ? किन ल्याउँछ ? यसको नियमन कसले गर्छ भन्ने अध्ययन गर्न समिति बनेको छ ।

महान्यायाधिवक्ता अग्नि खरेल समेतको सहभागितामा भएको बैठकले नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाको नेतृत्वमा बनाएको समितिमा कानून मन्त्रालयका सहसचिव हुमबहादुर केसी, गृहका सहसचिव स्तरका प्रतिनिधि, स्वास्थ्य मन्त्रालयका डा. विकास देवकोटा, महिला बालबालिका मन्त्रालयकी उपससचिव रोशनी कार्की सदस्य छन् भने उद्योग मन्त्रालय र मातहतका निकायका तीन प्रतिनिधि रहनेछन् ।

यो समितिलाई एक महिनाको समय दिइएको छ । यसले एसिड आयात, विक्री लगायतको अनुगमन गर्न आवश्यक पर्ने कानूनी तथा संस्थागत संरचनाबारे सुझाव दिनेछ । ‘एसिडलाई प्रतिशोध लिन प्रयोग गरेका हुनाले अपराध नियन्त्रणका लागि नियमन जरुरी देखियो, महान्यायाधिवक्ता खरेलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?