Comments Add Comment

भारतको अयोध्यामा राममन्दिर बन्ने दिन नेपालमा उत्सव मनाउन आह्वान

२० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मिएको तर्क गरेपछि नेपाल र भारतमा तरंग उत्पन्न भइरहेका बेला विश्व हिन्दु परिषद नेपालले भारतको अध्योध्यामा राममन्दिर बन्न लागेको अवसरमा उत्सव मनाउने भएको छ ।

भारतको अयोध्यामा साउन २१ गते बुधबार राम मन्दिर निर्माण कार्य आरम्भ हुन लागेको अवसरमा विश्व हिन्दू परिषद नेपालले उत्सव मनाउन आह्वान गरेको हो । भारतको अयोध्यामा श्रीराम मन्दिर निर्माण हुनु गौरवको क्षण भन्दै परिषदले अब राष्ट्रिय विभूति सीताको घर निर्माण हुने बताएको छ ।

परिषदले कोरोना संक्रमणका कारण स्थानीयस्तरमा भजन किर्तन, शोभा यात्रा र दिपावली जस्ता कार्यक्रम गर्ने जनाएको छ । परिषदले साउन २१ गते बुधवार साँझ आआफ्नो घरमा दीप प्रज्ज्वलन गर्न हिन्दू धर्मावलम्बीहरुमा आह्वान गरेको छ ।

पषिदका अध्यक्ष टीकाबहादुर पहारी र महासचिव जितेन्द्रकुमार सिंहले मंगलबार विज्ञप्ति जारी गरी भारतको अयोध्यामा राम मन्दिर निर्माण शुरु हुने दिनलाई नेपालमा पनि उत्सवका रुपमा मनाउन आह्वान गरेका हुन् ।

भारतको अयोध्यामा सन् १५२८ मा राम मन्दिर भत्काएर बाबरी मस्जिद निर्माण गरिएको थियो । पछिल्लो पटक हिन्दूहरुले बाबरी मस्जिद भत्काएर राम मन्दिर बनाउन लागेपछि लामो समय भारतको अदालतमा मुद्दा चलेको थियो । भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर बनाउन बाटो खुला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment