+

तीन नेत्रहीन क्रिकेटर पुरस्कृत

२०७७ साउन  २१ गते १७:५४ २०७७ साउन २१ गते १७:५४
तीन नेत्रहीन क्रिकेटर पुरस्कृत

२१ साउन, काठमाडौं। नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिमका कप्तान भगवती भट्टराई बरालसहित तीनजना ‘ज्योति केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कार’ बाट सम्मानित भएका छन् ।

नेपाल नेत्रहीन क्रिकेट संघले १५औं वार्षिकोत्सवको अवसरमा बुधबार तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । संघले हरेक वर्षको साउन २२ गते वार्षिकोत्सव मनाउने गर्छ ।
सम्मानित हुने खेलाडीमा बी-३ क्याटेगोरीतर्फ राष्ट्रिय टोलीका कप्तानसमेत रहेकी भगवती भट्टराई, बी-२ बाट मनकेशी चौधरी र बी-१ बाट आशा रेगामी रहेकी छिन् ।

उनीहरुलाई जनही ५/५ हजार र कदरपत्रबाट सम्मान गरिएको संघले जनाएको छ ।

कप्तान भगवती विगत १४ वर्षबाट नेत्रहीन क्रिकेटमा संग्लग रहेकी छिन् । सन् २०१४ मा बेलायत र २०१९ मा पाकिस्तानसँगको सिरिजमा कप्तानी गर्दै नेपाललाई जित दिलाएकी थिइन्।

मनकेशी उत्कृष्ट ब्याटिङका लागि चर्चित छिन् । उनी बेलायत र पाकिस्तानविरुद्धको सिरिजमा प्लेयर अफ दि सिरिज बनेकी थिइन् ।

आशा पनि १४ वर्षबाट नेत्रहीन क्रिकेटमा रहेकी छिन् । सन् २०१९ मा पाकिस्तानविरुद्धको सिरिजमा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय