+
+

आइसोलेसन कक्षमा डाक्टरमाथि हातपात

हरि अधिकारी हरि अधिकारी
२०७७ साउन २१ गते १६:२७

२१ साउन, विराटनगर । कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितका आफन्तले चिकित्सकमाथि हातपात गरेका छन् ।

विराटनगर– ९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो निधन भएको थियो । उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । आफन्तले भने चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आइसोलेसन कक्षमै प्रवेश गरेर हातपात गरेका छन् ।

मंगलबार राति इमर्जेन्सीमा भर्ना भएका उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि बुधबार आइसोलेसनमा सारेर स्वाब संकलन गरिएको थियो । कोरोना परीक्षणको रिपोर्ट नआउँदै उनको मृत्यु भएको थियो ।

‘बिरामीको अवस्था सिरियस थियो । हामीले सबै अवस्था बताएका थियौं,’ कोशी अस्पतालका सिनियर फिजिसियन डाक्टर दीपक सिग्देलले भने, ‘अवस्था बताउँदा बताउँदै आइसोलेसनमा डाक्टरमाथि हातपात भयो ।’

अस्पतालको आइसोलेसनमा पीपीई लगाएका चिकित्सक र शंकास्पद विरामी बाहेक अन्यलाई प्रवेश गर्न अनुमति छैन् ।

तर मृतकका आफन्तले जबरजस्ती प्रवेश गरेकाले हातपात गरेको डा. सिग्देलले जानकारी दिएका छन् । ‘हातपात गरेपछि सामान छाडेर डाक्टर भाग्नु पर्‍यो’ उनले भने ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले भने डाक्टरमाथि हातपात भएको जानकारी आफूलाई नआएको बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?