Comments Add Comment

वैदेशिक व्यापारमा एकद्धार नीति, २१ निकायको काम अब एउटै कार्यालयबाट

२२ साउन, काठमाडौं । वैदेशिक व्यापार सहजिकरण गर्न अब एकद्धार नीतिमा जाने तयारी सरकारले गरेको छ । अन्तराष्ट्रिय व्यापार अहिले स्वीकृति, क्वारेन्टीन, स्वास्थ्य परीक्षणसहितको प्रक्रियाका कारण करीव तीन दर्जन निकाय र संस्थासँग जोडिन्छ ।

यसरी एउटै कामका लागि धेरै निकायमा जोडेन झण्झट गर्न एउटै निकाय स्थापनाको प्रवन्ध गर्न लागिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार वैदेशिक व्यापार सहिजकरणका लागि एकद्धार नीतिमा जाने प्रयास अनुसार २१ वटा निकायबाट हुने कामलाई अब एउटै निकायबाट गर्न सकिने व्यवस्था मिलाउन लागिएको छ ।

सोहीअनुसार कर्मचारी दरवन्दी स्थापनाका् निर्णय भएको छ । ‘अन्तराष्ट्रिय व्यापारका लागि २१ वटा निकायबाट हुने गरेका कामको सहजिकरण गर्न एउटै कार्यालय स्थापनाको प्रवन्ध अगाडी बढेको छ,’ अर्थमन्त्री खतिवडाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment