+
+

चुच्चेपाटीमा ‘थिनर’ आक्रमण, आमा–छोरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते ७:०४

२३ साउन, काठमाडौं । काठमाडौंको बौद्ध चुच्चेपाटीमा एक व्यक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेका छन् ।

घरायसी विवादमा गएराति थिनर प्रहार गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । उनी हेटौंडाका हुन् ।

चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।

छोरीको आँखामा थिनर परेकाले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आमाको अवस्था भने सामान्य छ ।

थिनर एक प्रकारको केमिकल हो । यसको उपयोग काठमा वा घरमा लगाउने रंगलाई पातलो बनाउन वा कुनै दागलाई हटाउन प्रयोग गरिन्छ । नङपालिस हटाउन र धातु वा प्लास्टिकका सामान चम्काउन पनि थिनरको प्रयोग हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?