
२३ साउन, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउमा ऐतिहासिक उच्च मूल्यको रेकर्ड कायम भएको छ । शुक्रबार कारोबारका लागि सुनको भाउ तोलामा एक लाख तीन हजार ५०० रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको भाउ १४ सय पाँच रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो भने चाँदीमा ६० रुपैयाँ तोलामा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको प्रतितोला मूल्य १४ सय पाँच रुपैयाँ हालसम्मकै सबैभन्दा धेरै भएको महासंघमा महासचिव धर्म सुन्दर बज्राचार्यले बताए । यस अघि चाँदीको भाउ प्रतितोला १३ सय ५० रुपैयाँ सम्म पुगेको थियो ।
शुक्रबारका लागि तोकिएको सुनको खरिद बिक्री मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । बिहीबार पनि तोलामा ११ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको थियो । महासंघले शुक्रबारका लागि तेजावी सुनको प्रतोतोला मूल्य एक लाख तीन हजार तोकेको छ ।
यस्तै चाँदीको प्रतितोला मूल्य १४ सय पाँच रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया 4