
२३ साउन, काठमाडौं । आउँदो मंगलबार साउन २७ गते पर्ने श्रीकृष्ण जन्माष्टमीका दिन पाटनको कृष्ण मन्दिर बन्द हुने भएको छ ।
ललितपुर महानगरपालिका र मंगलबजारको मंगल टोलसुधार समितिको बिहीबार बसेको बैठकले कृष्ण मन्दिर बन्द गर्ने निर्णय गरेको हो । कृष्ण जन्माष्टमीका दिन कृष्णमन्दिरमा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्छ ।
कोरोना महामारी फैलिरहेका कारण मन्दिर बन्द गर्न लागिएको ललितपुर महानगरपालिकाका प्रशासन प्रमुख श्रीभद्र ओझा र मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।
यस दिन आआफ्नो घरभित्र पूजा गरी परम्परालाई निरन्तरता दिन उनीहरुले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4