+
+

जयशंकरको अभिव्यक्तिबारे सरकारले भारतसँग औपचारिक कुरा गर्नुपर्छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २५ गते १६:४०

२५ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतीय विदेश मन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादित अभिव्यक्तिबारे नेपाल सरकारले भारतसँग औपचारिक रुपमा कुरा गर्नुपर्ने बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै बोलेको ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने भनाइको समेत जयशंकरले खण्डन गरेको नेता नेपालले उल्लेख गरेका छन् ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसदमै बुद्ध नेपालमा जन्मिएका हुन भनेर स्पष्ट रुपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुःखद रहकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रुपमै भारतसँग कुन गर्न अनुरोध गर्दछु’ नेता नेपालले ट्विटरमा लेखेका छन् ।

नेपालमाथि नाकाबन्दी गर्ने बेलामा भारतीय विदेश सचिव रहेका जयशंकरले तथ्यहीन धारणा राखेको पूर्व प्रधानमन्त्री नेपालको निश्कर्ष छ ।

‘एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ’ नेता नेपालले लेखेका छन्, ‘ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा–नरहँदै बेला बखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु ।’

जयशंकरले शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा गौतम बुद्धबारे विवादित अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?