२५ साउन, काठमाडौं । स्क्वास खेलका प्रशिक्षक हिरा थापा मगरलाई कोरोना संक्रमण देखिएको छ । आफूलाई कोरोना पोजेटिभ देखिएको उनले अनलाइनखबरलाई बताए ।
‘हाम्रो संघको उपाध्यक्षलाई कोरोना देखिएपछि हामीसंगै खेलेका ८-९ जनाले हिजो स्टार हस्पिटलमा परिक्षण गरेका थियौं । आइतबार रिपोर्टमा मेरो पोजेटिभ देखायो । अरु साथीको नेगेटिभ छ’ थापाले भने ।
पूर्व रष्ट्रिय च्याम्पियन हिरा थापा १३ औं सागमा नेपाली टिमको प्रशिक्षक थिए ।
कोरोना पोजेटिभ देखिएपछि थापा आइतबारदेखि सातदोबाटोस्थित नेपाल स्क्वास एण्ड र्याकेट संघको भवनको एक कोठामा आइसोलेसनमा बसेका छन् ।
‘कोरोना पोजेटिभ देखिए पनि मलाई त्यस्तो कुनै लक्ष्य छैन । म सामान्य नै छु । हामी परिवार सबै संगै बसिरहेका थियौं । आजदेखि म छुट्टै रुममा बस्न थालेको छु’ थापाले भने, ‘परिवारको पनि परिक्षण गर्ने तयारी भइरहेको छ ।’
प्रतिक्रिया 4