Comments Add Comment

पुनरागमन जितसहित पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

२९ साउन, काठमाडौं । इटालियन क्लब एटलान्टाविरुद्ध पुनरागमन जितसहित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा एटलान्टाले अग्रता बनाए पनि अन्तिम ममयमा पिएसजीले दुई गोल गर्दै २-१ को जित हात पारेको हो । फ्रेन्च च्याम्पियन पिएसजीले २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । यसअघि पिएसजी एक पटकमात्र १९९४-९५ मा सेमिफाइनल पुगेको थियो ।

पोर्चुगलको लिस्टनमा भएको पहिलो क्वाटरफाइनल खेलको २७औं मिनेटमा मारियो पासालिचले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । पहिलो पटक सेमिफाइनल नजित पुगेको एटलान्टाले अन्तिम समयमा दुई गोल बेहोरेपछि पराजित भएको हो ।

९०औं मिनेटमा मार्क्विन्होसले पिएसजीका लागि बराबरी गोल फर्काए । यस्तै इन्जुरी टाइमको तेस्रो मिनेटमा एरिक म्याक्सिम चौउपो मटिङले गोल गरेपछि पिएसजीले शानदार पुनरागमन जित हात पारेको हो ।

पिएसजीले अब फाइनल प्रवेशका लागि आरबी लाइपजिग र एट्लेटिको मड्रिडबीचको खेलको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment