Comments Add Comment

कालीकोटको महाबैमा पहिरो, वडा सदस्यको घर पुरिँदा ६ जनाको मृत्यु

३० साउन, काठमाडौं । कालीकोटको महावै गाउँपालिका वडानम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।

गएराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिलबहादुर विष्टका दुई छोरी गरी ६ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए। स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्धारमा लागिरहेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय कालीकोटले भने मृत्यु हुनेहरु चारजना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

तस्वीर सौजन्य : खेम सिंह

यो पनि पढ्नुहोस सिन्धुपाल्चोकमा पहिरो : १३ घर पुरिए, ५ घरका सदस्य बेपत्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment