Comments Add Comment

रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण

३० साउन, बुटवल । रुपन्देहीमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेशनल प्याथ ल्याब बुटवलमा भएको समुदायस्तरको परीक्षणमा बुटवल उपमहानगरपालिकाका ५ जना र सिद्धार्थननगर नगरपालिका भैरहवाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित ११ जनाले स्वेच्छाले निजी प्रयोगशालामा शुल्क तिरेर पीसीआर परीक्षण गराएका स्वास्थ्य कार्यालय रुपन्देही भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

बुटवलका पाँच जनामध्ये बुटवल–११ देवीनगरका ४ जना र वडा नंं. १६ का एक जना रहेका छन् भने सिद्धार्थनगरका ६ जनामध्ये वडा नं. ४ का ४ जना र देवकोटा चोकका २ जना रहेका शाहले बताए ।

योसंगै रुपन्देहीमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय १७ पुगेको छ । रुपन्देहीमा ७७ जना संक्रमित अस्पतालमा उपचाररत छन् भने ३ सय २८ जना निको भएर घर फर्केका छन् ।

एक जना संक्रमितको मृत्यु भएको रुपन्देहीमा निको हुने दर ८०.७९ प्रतिशत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मनबहादुर वलीले बताए ।

रुपन्देहीका २ सय ४४ जनाको रिपोर्ट आउन बाँकी रहेको र ४ सय ८७ जना क्वारेन्टिनमा रहेका वलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment