+
+
Shares

सप्तरीका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १५:३८

३० साउन, सप्तरी । सप्तरीका थप १२ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ ।

सदरमुकाम राजविराजका ६ जना, खडक नगरपालिकाका ३ जना, बोदे बर्साइन र सप्तकोशी नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राजविराजको वडा नम्बर २ का २४ बर्षीय पुरुष, वडा नम्बर ४ का ५५ बर्षीय, ६५ बर्षीय र ३३ बर्षीय पुरुष, वडा नम्बर ५ का १२ बर्षीया महिला र वडा नम्बर ६ का ६७ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

खड्क नगरपालिका वडा नम्बर २ का ४६ बर्षीय पुरुष, वडा नम्बर १० का ४५ बर्षीया महिला र २० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, सप्तकोशी नगरपालिका वडा नम्बर १ का ५४ बर्षीय पुरुष, विष्णुपुर गाउँपालिका १ का ४५ बर्षीय पुरुष र बाोदे बर्साइन नगरपालिका २ का ४६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?