
३२ साउन, पोखरा । गण्डकी प्रदेशका दुई जिल्लामा थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्देशनालयले आइतबार बिहान ६ः२० बजे सार्वजनिक गरेको विवरणअनुसार संक्रमित हुनेहरु कास्कीका ५ जना र तनहुँका १ जना छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १ हजार ७ सय ९ पुगेको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले दिएको जानकारीअनुसार पछिल्लो पटक संक्रमित हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ मा २२ र ३० वर्षका पुरुष तथा ५० र २२ वर्षका महिला छन् ।
यसैगरी पोखरा महानगरपालिकाकै वडा नं. ५ मा ३३ वर्षीया एक जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
डा. शर्माका अनुसार तनहुँको भानु नगरपालिका वडा नं. ४ मा ३० वर्षीय एक जना पुरषमा पनि कोरोना संक्रमण देखिएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको डा. शर्माले जानकारी दिए ।
प्रतिक्रिया 4