
३२ साउन,जनकपुरधाम । भारतबाट ल्याल्याइएका हाँसका चल्ला महोत्तरी प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
जिल्लाको पिपरा गाउँपालिका वडानम्बर १ बाट ती हाँसका चल्लालाई नियन्त्रणमा लिई नष्ट गरिएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।
बिष्टका अनुसार ज२प ५९०९ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सहोडवाबाट खटिएको गस्ती टोलीले चल्ला नियन्त्रणमा लिएको र ल्याउने मानिस फरार भएका छन् ।
करिब १४ हजार मूल्य बराबरको चल्ला नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4