+
+

थप एक कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३२ गते २३:१३

३२ साउन, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

मृतककाे स्थायी घर काठमाडौं रहेको र आइतबार अपराह्न निधन भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामात्र १७२ जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?