Comments Add Comment

पलको एकपछि अर्को आक्रोश, तर कोसँग ?

नायक पल शाहले केही समय अगाडि आफूले पारिश्रमिक नपाएको भन्दै आक्रोश व्यक्त गरे । उनले, आफूले काम गरेको चलचित्रबाट पारिश्रमिक पुरा नपाएको तर सोही निर्माताले नयाँ चलचित्र बनाउँदा सहयोग गर्नुपर्छ भन्दै कुर्लिएको भन्दै आक्रोश व्यक्त गरे । पलले सो आक्रोश कुन निर्मातामाथि पोखे भनेर खुलाएनन् । उनले, चलचित्र कलाकार संघका उक्त निर्मातामाथि उजुरी दिने तयारी पनि गरेका थिए । तर, पल यसै सेलाए ।

पलले आक्रोश व्यक्त गरेका निर्माताको बिषयमा विभिन्न खालका टिप्पणी त भयो । तर, उनले नै भन्न खोजेको व्यक्तिको नाम खुलाएका छैनन् ।

उनै पलले २ दिन अगाडि सामाजिक संजालमा आक्रोश व्यक्त गर्दै आफूलाई शान्त समुन्द्र भने । आफ्नो कुरा काट्दै हिड्नेमाथि उनको चर्को आक्रोश थियो । लकडाउनपछि सर्वाधिक धेरै म्यूजिक भिडियोमा काम गरेका पलको आक्रोश कोप्रति हो भन्ने खुलेन ।

पलले यो बिषयमा आफ्ना निकटका कलाकर्मीसँग पनि नाम खुलाउन नचाहेको वुझिएको छ । पलले बारम्बार आक्रोश त व्यक्त गर्छन् । तर, उनले नाम भने खुलाउन चाहदैनन् । पलले भन्न खोजेको कुरा सम्बन्धित व्यक्तिहरुले वुझे वुझेनन् होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment