
नजरलाई नजरको आभास भयो
नजानेरै प्रिया दिलमा खास भयो
यसो राखेछु प्रेम प्याला छेउमै
ति आँखा के भनौँ मनमा प्यास भयो
कुरा गर्ने नबोली सुनसान मै
मधुर आवाज फेरेको सास भयो
खुसी हाँसो हुने भो यो जिन्दगी
नयाँ मीठो कहानीको आस भयो
इसाराले तिमीलाई जिस्काउदा
नभन्देउ व्यक्ति कस्तो बदमास भयो
(लस एन्जेलस)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4