Comments Add Comment

महिन्दा राजापाक्षका छोरा नमल बने श्रीलंकाका खेलकुद मन्त्री

२ भदौ, काठमाडौं । ३४ वर्षीय नमल राजपाक्षले श्रीलंकाको युवा तथा खेलकुद मन्त्रीको रुपमा मंगलबार पदभार सम्हालेका छन् ।

उनी श्रीलंकन रग्बी टिमका पूर्व कप्तान समेत हुन् । खेलकुदमा पहिल्यैदेखि रुची राख्ने नमल हमानटोटा जिल्लामा निर्वाचन जिल्दै सांसद बनेका थिए ।

उनले १३ अगष्टमा राष्ट्रपति गोतबय राजापाक्षबाट शपथ लिएका थिए भने त्यसको ५ दिनपछि पदभार ग्रहण गरेका हुन् ।

क्याबिनेट मन्त्री बनेपछि डेली न्युजसँग कुरा गर्दै उनले आफू युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकोमा असाध्यै खुशी भएको प्रतिक्रिया दिए । साथै उनले प्रधानमन्त्री महिन्दा राजापाक्षलाई समेत धन्यवाद दिए । नमल महिन्दा राजापाक्षकै छोरा हुन् । सन् २०२० मा संसदमा प्रवेश गरेका नमलले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन् ।

नमल राजापाक्षले सेन्ट थोमस कलेजमा अध्ययन गर्दा विभिन्न उमेर समूहमा रग्बी खेलेका थिए । सन् २००० मा उनले श्रीलंकाको यू१६ टिमको नेतृत्व गरेका थिए । उनले सन् २००२ मा पहिलो पटक स्कुलको सिनियर टिममा खेलेका खेलेका थिए । यस्तै २००४ मा श्रीलंकाको यु१९ टिमको कप्तानी गरेका थिए ।

कार्डिफ युनिभर्सिटीमा जोइन भएपछि उनले २००५ देखि एक वर्ष युनिभर्सिटीको रग्बी टिमका लागि खेले । यस्तै उनले सिटी युनिभर्सिटी लण्डनका लागि २००६ देखि २००९ सम्म खेले ।

उनले सन् २०१० मा श्रीलंकन राष्ट्रिय रग्बी टिमका लागि खेल्न बोलाइएको थियो । र २०१३ मा उनी श्रीलंकाको कप्तान बने । सन् २०१४ को जुलाईमा उनले सन्यास लिए । त्यसबेलासम्म उनी टिममा कप्तानकै रुपमा थिए ।

नमल २०१६ मा भ्रष्टाचार मनी लाउडरिङ काण्डमा पक्राउ पनि परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment