
२ भदौं, काठमाडौं । सरकारले अनुदानका खरिद गर्ने रासायनिक मल किसानले पाउने व्यवस्थासहितको मल वितरण निर्देशिका सरकारले स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा निर्देशिका स्वीकृत गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
सरकारले खरिद गरेको मल वितरण गर्न नसकेको अवस्थालाई चिर्न निर्देशिका तयार पारिएको प्रवक्ता खतिवडाले बताए । अनुदानको मलमा व्यवसायीले बिक्री गर्न सक्ने मूल्य, कृषि सामाग्री कम्पनीले दिने मूल्य र खुद्रा पसलले उपभोक्तालाई बिक्री गर्न सक्ने मूल्यबारे निर्देशिकाले प्रष्ट पार्ने कृषि विकास मन्त्रालयले जनाएको छ ।
निर्देशिकामा लक्षित किसानले मल पाउने ग्यारेन्टी गरिएको मन्त्रालयको दाबी छ । किसानसम्म मल उपलब्ध भए नभएको अनुगमन गरी निगरानी गर्न प्रदेश र स्थानीय तहले समिति बनाउन सक्ने पनि निर्देशिकामा भनिएको छ ।
प्रतिक्रिया 4