+
+

एटीएमबाट पैसा झिकेपछि स्यानिटाइजर अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते १७:२९

२ भदौ, काठमाडौं । सरकारले बैंकको एटीएम मेसिनबाट रकम झिकेपछि अनिवार्य रुपमा स्यानिटाइजर लगाउन अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एटीएम मेसिनबाट रकम झिकेपछि हातमा स्यानिटाइजर लगाउन अपिल गरेको हो ।

सार्वजनिक स्थलमा रहेका एटीएम मेसिन एकै दिनमा धेरै मानिसहरुले प्रयोग गर्ने हुनाले कोरोना संक्रमणको जोखिम हुने गर्छ । धेरै बैंकहरुले एटीएम बुथमा स्यानिटाइजर राख्ने गरेका छैनन् ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बैंकहरुलाई एटीएम बुथ बेला बेलामा डिस इन्फेक्सन गर्न पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?