Comments Add Comment

सप्तरीमा पनि कोरोनासँग मिल्दो लक्षण देखिएका युवकको मृत्यु

२ भदौ, सप्तरी । सप्तरीमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक युवकको मंगलबार मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राजविराज नगरपालिका-४ का २८ वर्षीय युवकको मृत्यु भएको हो । ज्वरो र श्वास फेर्न समस्या भएपछि उनलाई उपचारका लागि मंगलबार नै धरान लगिएको थियो ।

एक्कासी बिरामी परेका युवकलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । तर स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पतालले धरान रेफर गरेको थियो । धरान पुर्‍याइकाे केही क्षणमै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

मृतकको शवलाई राजविराजमा ल्याएर स्वाब संकलन गरिएको उनले बताए । स्वाब संकलनपछि अन्त्येष्टिका लागि शव परिवारका सदस्यको जिम्मा लगाइने यादवले बताए । अन्तिम संस्कारपछि मृतकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई होम क्वारेन्टिनमा बस्न भनिएको र  उनीहरुको पनि स्वाब संकलन गरिने यादवले बताए ।

यो पनि पढ्नुहोस पोखरामा कोरोनासँग मिल्दो लक्षण भएकी महिलाको मृत्यु

मंगलबार नै तनहुँको बन्दीपुरकी २६ वर्षीया एक महिलाको पनि पोखराको बुद्धचोकस्थित ग्यालेक्सी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको थियो । उनमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना आशंकामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । तर उनको रिपोर्ट आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment