Comments Add Comment

मोरङमा माछा पोखरीमा डुबेर एकजनाको मृत्यु

३ भदौ, काठमाडौं । मोरङमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर बुधबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका-१ विशाल बजार बस्ने ४९ वर्षीय खड्गबहादुर मगर रहेका छन् । बुधबार दिउँसो ३ बजेको समयमा सोही ठाउँ बस्ने शिबु थापाको माछा पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

माछा पोखरीमा डुबेर मृत्यु भएको खबर पाउन साथ इलाका प्रहरी कार्यालय सखरदिनाबाट प्रहरीको टोलीले घटना स्थल पुगिसकेको मोरङ प्रहरीले जनाएको छ । घटना स्थललाई सुरक्षीत राखेर थप अनुसन्धान तथा कानुनी प्रकिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment